८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ६४ हजार नाघ्यो, आज थपिए नयाँ १३२५ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज ४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९५८४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख १४ हजार २९० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७४७८ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९०७१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८४०७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७४५१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६०२ जना, ललितपुर जिल्लाका ६४ जना र भक्तपुर जिल्लाका १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९६६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४६२३३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणको अवस्था

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६२ हजार नाघ्यो, आज थपिए नयाँ १२०४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !