११ कार्तिक २०७७, मंगलवार

काठमाडौँ जिल्लामा ६०२ जनासहित उपत्यकामा आज ७६७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं उपत्यका

काठमाडौँ, असोज ४। काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६०२ जनासहित ७६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६०२ जना, ललितपुर जिल्लाका ६४ जना र भक्तपुर जिल्लाका १०१ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९५८४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख १४ हजार २९० पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या १७४७८ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९०७१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८४०७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७४५१ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १३२५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९६६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४६२३३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज ७११ जनामा कोरोना संक्रमण पुष्टि



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ, कार्तिक ११ । खोटाङमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

काठमाडौं, कार्तिक १० । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनु भएको छ । राष्ट्रपति

बुटवल, कार्तिक ११ । रुपन्देही जिल्लाको बुटवलमा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत