९ जेष्ठ २०८१, बुधबार

कोरोना भाइरस स्वस्थ खाना र पानीको कमिले बढेको छ


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरस भनेको एक प्रकारको रूघा हो यसले मान्छे मार्दैन तर रोगलाई समयमा उपचार गरिएन भने मार्न सक्छ । हाम्रा बाउ-बाजेले पनि भन्ने गर्थे रूघा सर्छ है नजिक नजाउ तर अहिले त घरनै बार्नुपर्ने भयो यसैलाई भन्दछन् परिवर्तन ।

आज मान्छेहरू दिन प्रतिदिन क्षीण हुदैछन् यसको प्रमुख कारण भनेको लापरबाही प्रमुख हो । सामान्य रोग लाग्दा पनि मान्छे धेरै आतिने भएकाले खान छोड्दछन् । खानाले आवश्यक उर्जा शरीरमा पैदा गराएको हुन्छ । मान्छे बाँच्नको लागि खाना खानुपर्छ । आज हामीले खाने खानामा कति % क्यालोरी प्राप्त गरेका छौं भन्ने यकिन तथ्य हामीसंग छैन । स्वस्थ रहन जति खानाको आवश्यक हुन्छ त्यो भन्दा धेरै पानीको आवश्यक हुन्छ ।

हाम्रो शरिर संचालन गर्न मुटु लिभरपछि किड्नी प्रमुख अंग भित्र राखिएको छ । आज हरेक घरमा किड्नी ड्यामेज हुनुमा पानीको कमीलाई लिइएको छ । प्रकृतिले दिएको पानी छोडेर हामीले क्यामिकलयुक्त जारको पानी सेवन गर्छौं भने यसले हामीलाई स्वास्थ्यमा फाइदा होइन वेफाइदा गरेको हुन्छ ।

जमिन मुनिको पानीमा पाइने तत्व हामीले जारको पानीमा किमार्थ पाउने छैनौं । आज जुनसुकै मान्छे प्रलोभनमा फसेको छ । मान्छे कसरी रोगी हुनसक्छ भन्ने कुरामा लागेको छ । यहाँ प्रकृतिले दिएका कुनै पनि चिज हामीले सेवन गर्न सकिरहेका छैनौं यो दु:खद भन्दा खासै फरक छैन ।

खानेपानी टेष्ट गर्ने क्रममा पानीमा कति मात्रामा फोस्फोरस, पोटास, आइरन लगायतका १४ तत्वको टेष्ट गरिन्छ । यस्ता तत्वहरू हामीले पानीको साहेताबाट प्राप्त गर्न सक्छौ तर हामीले खाने बोतलको पानीमा सवै तत्व हुनसक्छ भन्ने कुनै ग्यारेन्टी हुदैन यसको ठोस कारण हो व्यापार । हामीले खाने पानीको अनुगमन हुनुपर्छ ।

पानीमा कुन तत्वको कमि छ भन्ने कुराको परिक्षण कम्तीमा ७ दिनमा एकपटक गरेको हुनुपर्छ । क्यामिकल राखेको पानीमा यस्ता तत्व चाडै नोक्सान हुने हुन्छ । खानेपानी झर्नाको सवैभन्दा पौष्टिक हुने गरेको पाइन्छ । तर हामीलाई व्यस्तताले जस्तोसुकै पानी खानु परेको छ ।

मिनरल वाटर बनाउदा जुन तत्वको कमी पानीमा देखिन्छ शुद्धिकरण गर्दा त्यही तत्व राख्ने काम गरिन्छ । जसले गर्दा हामीले स्वस्थ पानी बनाउन सक्छौं । तर यसतर्फ कसैको ध्यान नपुग्दा क्यामिकलयुक्त पानी पिउन बाध्य भएका छौ । सरकारले नागरिकको ध्यान दिन सकिरहेको अवस्था छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !