४ जेष्ठ २०८१, शुक्रबार

चितवनमा थप १३ जनामा कोरोना पुष्टि, आज एकैदिन ४६ जनामा कोरोना संक्रमण


चितवन मेडिकल कलेज

चितवन, भदौं ६ । चितवनमा आज फेरि थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ४ जना र मकवानपुरका ९ जनासहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-१ का ४८ वर्षीय पुरुष १ जना, भरतपुर-८ का २७ वर्षीया महिला १ जना, भरतपुर-२३ का ६१ वर्षीय पुरुष १ जना र खैहरनी नगरपालिका-१२ का ३६ वर्षीय पुरुष १ जना रहेका छन् । यस्तै मकवानपुरको हेटौंडा-६ का ४ जना महिला र १ जना पुरुष गरी ५ जना, हेटौंडा-४ का ५६ वर्षीय पुरुष १ जना , मनहरीका ६० वर्षीया महिला १ जना र लामसूर्य-९ का ३० र ६० वर्षीय पुरुषहरु २ जनामा कोरोना संक्रमण देखिएको छ ।

भदौं ४ गते गरिएको परीक्षणमा उनीहरुको नतिजा पोजिटिभ आएको हो । नयाँ ल्याबबाट परीक्षण गरिएकाले यी सबै पोजिटिभ पुष्टि भएका नमुनालाई पुनः एकपटक भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा परीक्षण गरिएको थियो ।

नतिजा एउटै आएपछि चितवन मेडिकल कलेज आज औपचारिक रुपमा रिपोर्ट सार्वजनिक गरेको हो । भदौं ४ गते कुल १३६ वटा नमुना परीक्षण गरिएकोमा १३ वटा पोजिटिभ र १२३ नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

चितवनमा फेरि थप १३ जनामा कोरोना पुष्टि, आज एकैदिन ४६ जनामा देखियो कोरोना संक्रमण

चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा आज बिहान चितवनका २० जनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिएकी थिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ५ गते प्राप्त भएका नमुनामघ्ये २७० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३३ वटा नमुनाको नतिजा पोजेटिभ र २३७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिएकी थिइन्।

यो पनि पढ्नुहोस्

चितवनका २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !