१२ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१६३ पुग्यो


कोरोना भाइरस

सुर्खेत, भदौ ४ । कर्णाली प्रदेशमा आज दिउसो ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १ जना, दैलेखका १८ जना, कालिकोटका १ जना, जाजरकोटका १ जना, रुकुम पश्चिमका १ जना, पर्साका ३ जना, बाराका २ जना, बाँकेका ३ जना, अछामका १ जना, महोत्तरीका १ जना, काठमाडौँका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या  १९४५ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २१२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

 

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१३० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !