१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१३० पुग्यो


कोरोना भाइरस

सुर्खेत, भदौ ३। कर्णाली प्रदेशमा आज दिउसो ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सल्यानका १७ जना, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई डिस्चार्ज भएका छैनन् । हालसम्म डिस्चार्ज हुनेको संख्या  १९३२ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल १९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१३० पुग्यो

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१३० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !