३ असार २०८१, सोमबार

ब्लडप्रेशर लोबारे रोचक जानकारी


ब्लडप्रेशर लो

काठमाडौँ । हाम्रो शरीरमा पालिएका कयौं रोगहरू छन् जसलाई हामी त्यति ध्यान दिएका हुँदैनौ । यसैमा एउटा रोग छ ब्लड प्रेशर कम या लो हुनु । यस्ता रोग सामान्य हुँदैनन् कालान्तरमा गएर हार्ट अट्याकसम्म हुनसक्छ ।

त्यसैमध्ये एउटा छ लो प्रेशरका कारण आर्गेन फेलियरले गर्दा मुटुका खतरनाक रोगको आक्रमण हुन गइ मानिसको मृत्युसम्म हुनसक्छ । यसलाई सामान्य रूपमा नलिनु नै राम्रो हुनेछ । आजकाल हरेक घरमा ब्लडप्रेसर लो भएका केसहरू देखिन्छ ।

लो ब्लडप्रेसरबारे जानकारी प्राप्त गरेर समयमै सचेत हुन सके कालान्तरमा हुनसक्ने जोखिमबाट आफुलाई बचाउन सकिनेछ । ब्लडप्रेसर लो हुँदा थकाइ लाग्ने, चक्कर लाग्ने हुनसक्छ । रक्तचापको सामान्य १२०/८० मात्रा भन्दा कम हुनुलाई व्लड प्रेसर लो भनिएको छ ।

जब कुनै मान्छेलाई ९०/६० भन्दा कम देखिएमा लो बिपी वा हाइपो टेन्शन भन्दछन् । हरेक नागरिकलाई समयमा ब्लडप्रेसर चेकजाँच गर्नसके हाइ या लो भन्ने थाहा हुन सक्छ। यसरी जाँच गरेर समयमै रोगको परिक्षण गराउन सके हार्टअट्याक जस्ता जोखिमबाट नागरिकलाई बचाउन सकिनेछ ।

कहिलेकाहीँ ब्लडप्रेसर रिडिङ गर्दा साधारण मात्रा भन्दा कम देखिएमा ब्लडप्रेसर लो भएको हुन्छ । यस्तो अवस्था हुनुको पछाडिका प्रमुख कारण शरीरमा पानीको कमी, गम्भिर चोटपटक, ड्रग्सको सेवन, खानपानको गलत तरिका, सर्जरी गरेको अवस्थामा, धेरै बेरसम्म भोकै बस्ने प्रमुख कारण हुनसक्छन् या अनुवशिक या जेनेटिकका कारणले यस्तो अवस्था निम्तन सक्छ ।

लो प्रेसर हुनुका केही कारण र यसका श्रेणीबारे तल बुँदागत हिसाबले केही चर्चा गर्ने छौं ।

१. आर्थोस्टेटिक या पोष्टुरल पाइपरटेंशन

आर्थोस्टेटिक या पोष्टुरल पाइपरटेंशनको कारणले बस्दाको अवस्थाबाट जब उठिएको हुन्छ त्यो समयमा ग्रेविटी खुट्टातिर रगत जमेको हुन्छ । यस्तो अवस्थामा रक्तचाप लो हुन सक्छ । यस्तो अवस्था बृद्धहरूमा बढी देखापर्छ ।

२. पोस्टप्रांडियल हाइपोटेंशन

खानाको पछाडि पनि कहिलेकाँही अचानक रक्तचाप कम हुन सक्छ । यस्तो अवस्था ५० बर्ष कटेकाहरूमा देखिन्छ ।

३. नेउरेली मेडिएटेड हाइपोटेंशन

यस्तो अवस्था निम्न रक्तचाप विकार हृदय र मस्तिष्कको बीच गलत संचारको कारण हुन सक्छ ।

लो ब्लड प्रेशरका लक्षणहरू

कतिपय अवस्थामा निम्न रक्तचाप हुनाको कारणले पनि निम्न लक्षण देखिन्छन्

१. चक्कर लाग्नु, सिर घूमाएजस्तो हुनु

२. उल्टी जस्तो आउनु वा वाक वाक लाग्नु

३. बेहोशी (सिंकोप)

४. थकावटन वा शरीर भारी लाग्नु

५. आँखाको अगाडि अंधेरो महसुस हुन

प्राथमिक उपचार

यदि बीपी कम भएमा, तुरुन्त नुन र थोरै चीनीको घोल बनाएर पिउन सकिन्छ । यसो गर्नाले ब्लड प्रेशर नियन्त्रण गर्न मद्दत मिल्न सक्छ । वा डार्क चॉकलेटको सेवनले पनि बीपीबाट राहत दिन सकिन्छ ।

नोट : यस्ता समस्या देखिएमा तुरुन्त डाक्टरको निगरानीमा उपचार थाल्नुस् नत्र यसले ज्यान जान पनि सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !