४ जेष्ठ २०८१, शुक्रबार

नेपालका यी पाँच जिल्लामा भए ५०० बढी कोरोना संक्रमित


काठमाडौँ उपत्यकामा समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिएको हुनसक्ने

काठमाडौँ, असार २४ । नेपालका पाँच जिल्लामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित ५०० बढी भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

७७ जिल्लामध्ये ५ वटा जिल्लामा ५ ०० भन्दा बढी कोरोना संक्रमित उपचाररत् छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ती जिल्लाहरु महोत्तरी, रौतहट, पाल्पा, कैलाली, बाजुरा र अछाम हुन् । अहिले यी ५ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ । नेपालमा संक्रमित संख्या र निको भएका संक्रमित हेर्ने हो भने ४८ प्रतिशत संक्रमित निको भएका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६४२३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २५३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७७५२ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !