१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज फेरि ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२४


कोरोना भाइरस (कोभिड-१९)

४ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान फेरि थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९ :०० बजे पुन: एक प्रेस बिज्ञप्ति जारी गर्दै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा १३ जना, तनहुँमा ३ जना, पर्बतमा ४ जना, स्याङजामा ९ जना र बागलुङमा १ जनामा कोरोना संक्रमण देखिएको हो । स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि हुनेहरुमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिलाहरु तथा १३ र १९ वर्षका २ जना पुरुषहरु रहेका छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि हुनेहरुमा कुश्मा नगरपालिका २० वर्षीय पुरुष १ जना, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय पुरुषहरु २ जना, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष १ जना रहेका छन् । तनहुँको ब्यास नगरपालिकाका २९, २५ र ४५ वर्षीय पुरुषहरु ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका १९ देखि ३९ वर्ष समूहका १३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरु सबै भारतबाट फर्किएको हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा आज बिहानै फेरि थपिए कोरोनाका ३० नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !