२२ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा १ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि


प्रहरीमा कोरोना संक्रमण

चन्द्रौटा, असार ३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत एक प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ३१ वर्षीय जवानमा कोरोना पोजेटिभ देखिएपछि उनलाई खरेन्द्रपुरमा रहेको आइसोलेशन सेन्टरमा राखिएको शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले बताउनुभयो ।

आज कपिलवस्तुमा थप १० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकामा १९ वर्षदेखि ४५ वर्षसम्मका चार, वाणगङ्गा नगरपालिकाका एकएक महिला र पुरुष, बुद्धभूमि नगरपालिकामा १९ देखि ३० वर्ष उमेरसम्मका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा ६५७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !