२५ बैशाख २०८१, मंगलबार

नेपालमा ३६५ जनाले जिते कोरोना, थप ३२ जना घर फर्किए


प्रादेशिक अस्पताल जनकपुरधाम

२४ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.  देवकोटाका अनुसार जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ४ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना गरी ३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएर घर फर्किएका हुन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । नेपालमा ७० जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६५ पुगेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पाका १ जना र धनगढीकी १ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित

नेपालमा ३३३ जनाले जिते कोरोना, थप ४३ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !