२५ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ९० संक्रमित


डा. विकास देवकोटा

१३ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाको अनुसार महोत्तरीमा २ जना, जुम्लामा २ जना, बारामा ३ जना, रौतहटमा २२ जना, सिराहामा ५ जना, धनुषामा १ जना, बाँकेमा ८ जना, रुपन्देहीमा १ जना, अर्धाखाचीमा २ जना, गुल्मीमा २ जना, कैलाली र अछाममा १/१ जना, स्याङ्जामा २ जना, सुर्खेतमा १२ जना र कपिलवस्तुमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । आज एकै दिन १५ जिल्लामा ९० जनामा पुगेसँगै सङ्क्रमितको सङ्ख्या ७७२ पुगेको बताउनुभयो । यो अहिलेसम्मकै सबभन्दा ठूलो सङ्ख्या हो । हिजो मात्र ७९ जनामा सङ्क्रमण देखिएको थियो ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरी, मनरा गापा १० वडा नं २ का ३० र ३५ वर्षीय पुरुष, जुम्ला हाल बारामा कार्यरत दुई जना ३५ र ३६ वर्षका पुरुष, बारा पचाटा नपा वडा नंं १ का पिपरपती मावि क्यारेन्टिनम रहेका तीन जना क्रमशः १९, ३० र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी रौतहट गौर नगरपालिका वडा नंं १, २ र ६ का आठ जना चार वर्षदेखि ४० वर्षका छन् । तिमध्ये एक महिला र सात पुरुष छन् ।

यसैगरी रौतहट देवाही गोनाही नगरपालिका वडा नं. २, ७ र ८ नम्बर वडाका ६ जना १८ देखि ४१ वर्षका पुरुष छन् । रौतहट कै करुनिया वडा नं १ र ४ का २६ देखि ४८ वर्षका ६ पुरुषमा पनि सङ्क्रमण देखिएको छ । रौतहटकै राजदेवी नगरपालिका वडा नंं ६ का २२ वर्षीय एक पुरुष, रौतहटकै गरुडा नगरपालिका वडा नंं १ का २४ वर्षीय पुरुष छन । सिराहा नवराजपुर वडा नंं १ का १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउपालिका वडा नंं ४ र ५ का २५ देखि २९ बर्षीय चार पुरुष, धनुषा वेलामुखियायत्ति गाउँपालिका वडा नं १ का २२ बर्षीय एक पुरुष छन् ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्जमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । बाँकेका २० वर्षदेखि ४६ वर्षसम्मका सात जना पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार रुपन्देहीको परीक्षणमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षका दुई पुरुष, अर्घाखाची कमला माविमा रहेका १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका एक ३६ वर्ष र अर्को एक जना उमेर नखुलेका पुरुष गरी दुई र रुपन्देही लुम्बिनी अस्पतालमा २२ वर्षका एक जना छन् ।

सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलाीलका ३८ वर्षीय पुरुष र अछामका एक ११ वर्षीय महिला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा बालिङ ७ का २० र २९ बर्षीय दुई पुरुष छन् ।

सुुर्खेत प्रादेशिक अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । सुर्खेत विरेन्द्रनगर वडा नंं १, २, ३ र ६ का ९ वर्षदेखि ४६ वर्षका आठ जना रहेका छन् । तिमध्ये एक जना महिला र सात पुरुष छन् । यसैगरी सुर्खेत भेरीगंगा ८ का १६ र १७ वर्षका दुई पुरुष, सुर्खेत सिम्ता ४ का ३५ र ४९ वर्षका दुई पुरुष, यस्तै कपिलवस्तुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई वर्षदेखि ५५ वर्षसम्मका २४ जना रहेका छन् । तिमध्ये एक महिला र २३ पुरुष छन् । अहिलेसम्म ७७२ सङ्क्रमितमा ६८८ पुरुष र ८४ महिला छन् ।

 

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ६८२ थियो भने आज फेरि आज ९० जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । हिजो पर्साको बिरगंजस्थित नारायणी अस्पतालमबाट थप ४३ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १५५ पुगेको छ । प्रवक्ता डा.  देवकोटाले ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरु आज ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन । तीमध्ये २ जना महिलाहरु र ४१ पुरुषहरु छन् । १५५ मध्ये १२४ जना पुरुषहरु र ३१ महिलाहरु छन् । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १५५ जनाले जिते कोरोना भाइरस

नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !