१५ जेष्ठ २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित


डा. विकास देवकोटा

१२ जेठ, काठमाडौं । नेपालमा आज फेरि दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार अछामका ३२ वर्षीय पुरुष १ जना, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषहरु ३ जना र पर्साका १८ वर्षीय पुरुष १ जना र काठमाडौं घर भई बाराको कलैयामा कार्यरत पुरुष १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै बाराको कलैला-७ का १ जना बृद्धामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भई सकेको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ६७५ थियो भने आज फेरि दिउसो ७ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ११२ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

संक्रमितको संख्या ६७५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ७२ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !