८ बैशाख २०८१, शनिबार

नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित आज घर फर्किए


नारायणी अस्पताल वीरगञ्ज

१२ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज सोमबार निको भई डिस्चार्ज भएका छन् । आज उक्त अस्पतालको आइसोलेसन वार्डबाट डिस्चार्ज हुनेमा २ जना पत्रकारसहित ४१ जना पुरुषहरु र २ जना महिलाहरु रहेका छन् । जस अनुसार ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार संक्रमितको पछिल्लो २ वटा पीसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । ४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब १ जना पनि कोरोना संक्रमित छैनन् । आज सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् ।

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति करीव ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए भने शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !