२४ बैशाख २०८१, सोमबार

नेपालमा अहिलेसम्म १५५ जनाले कोरोनालाई जितेर घर फर्किए


नारायणी अस्पताल वीरगञ्ज

१३ जेठ, काठमाडौँ । हिजो ४३ जना उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १५५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित हिजो सोमबार निको भई डिस्चार्ज भएका थिए । हिजो उक्त अस्पतालको आइसोलेसन वार्डबाट डिस्चार्ज हुनेमा २ जना पत्रकारसहित ४१ जना पुरुषहरु र २ जना महिलाहरु रहेका छन् । जस अनुसार ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाका हुन् ।

संक्रमितको पछिल्लो २ वटा पीसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । ४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब १ जना पनि कोरोना संक्रमित छैनन् । आज सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् ।

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति करीव ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए भने शनिबार ९ जना डिस्चार्ज भएका थिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । हिजो ४३ जना नारायणी अस्पतालवाट डिस्चार्ज भएसंगै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या १५५ पुगेको हो । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ९० संक्रमित

नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित आज घर फर्किए

नेपालमा ११२ जनाले जिते कोरोना, आज २५ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !