२६ बैशाख २०८१, बुधबार

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

काठमाडौँ, जेठ ८ । नेपालमा आज ४ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

आज घर फर्किनेमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना रहेका छन् । १ साताअघि भर्ना भएका काठमाडौंका २ जना र भक्तपुरका २ जना संक्रमित उपचारपछि डिस्चार्ज भई घर फर्केका हुन् । पछिल्ला २४ घण्टाको फरकमा दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जनामात्रै रहेका छन् ।

४ जना कोरोना भाइसरमुक्त हुने मध्ये १ जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ४९ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३८३ जना पुरुषहरु र ७० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !