८ बैशाख २०८१, शनिबार

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए


विराटनगर, जेठ ७ । नेपालमा आज ८ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

आज घर फर्किनेमा विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ८ जना रहेका छन् । उनी अस्पतालमा भर्ना भएको २९ देखि ३३ औ दिनमा डिस्चार्ज भएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ४५ पुगेको छ । यो सँगै प्रदेश १ बाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ।

बुधबार डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका छन् । गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । संक्रमित ४२७ मध्ये ३५८ पुरुष र ६९ महिला छन् । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५ संक्रमित

नेपालमा ३७ जनाले जिते कोरोना, आज १ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !