२० बैशाख २०८१, बिहिबार

भोजपुरमा भेटिए १ जना कोरोना संक्रमित


कोरोना भाइरस परीक्षण

१ वैशाख, विराटनगर । भोजपुर जिल्लामा कोराना भाइरस (कोभिड–१९) का १ जना संक्रमित भेटिएका छन् । भाेजपुरकाे हथुवागढी गाउपालिका-९ का २६ वर्षीय १ युवकमा काेराेना संक्रमण देखिएको हो ।

उनी गत फाल्गुन ३० गते साउदीबाट काठमाडौँ आई चैत ११ गते हतुवागढी पुगेका थिए  । उनलाई अहिले हतुवागढीमा रहेको हेल्थ पोष्टमा आइसोलेशनमा राखिएको छ । संक्रमण पुष्टि भएसंगै उनलाई थप उपचारका लागि लैजाने तयारी भईरहेको छ ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आज प्रदेश १ का विभिन्न ६ जनाकाे स्वाब परीक्षण गर्दा उनकाे रिपोर्ट पोजेटिभ आएको । बाँकी ५ जनाकाे रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि आज मात्र जनकपुरका १४ वर्षीय किशोर र उदपयुरकी ५५ वर्षीया महिला गरी २ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४८ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४७ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन कोरोनाका ११ संक्रमित थपिए

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ४०

उदयपुरमा आज १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३२

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि

फेरि उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !