४ जेष्ठ २०८१, शुक्रबार

काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

२ वैशाख, काठमाडौं । र्‍यापिड टेस्ट (द्रुत परीक्षण) मा आज मंगलबार ३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । धादिङमा १ जना र काभ्रेमा २ जना र्‍यापिड टेस्टको क्रममा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

काभ्रको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनीहरूको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । बेथाञ्चोक-५ का युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुर-३ का युवा ७ चैतमा दुबईबाट आएका हुन् । ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

यता, धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड डायग्नोस्टिक टेस्टमा २७ वर्षीय १ युवाको रिपोर्ट पोजेटिभ आएको छ । ज्वालामुखी-३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४) मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । पोजेटिभ देखिएका व्यक्तिलाई धादिङ अस्पताल उपचारको लागि लगिएको छ । परिवारका सदस्यलाई पनि क्वारेनटाइनमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय, १२ दिन थपियो

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !