१४ बैशाख २०८१, शुक्रबार

क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने


क्वारेन्टाइन

२३ चैत, काठमाडौं । नेपाल सरकारले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अबदेखि क्वारेन्टाइन अवधि पूरा गरेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् ।

आज आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले जानकारी दिएका छन् ।

कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बसेका त्यस्ता व्यक्तिहरूलाई १४ दिने अवधिमा पनि कुनै लक्षण नदेखिएमा घर पठाउने गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !