१४ बैशाख २०८१, शुक्रबार

सरकारले भन्यो – नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो चरणमा


डा. विकास देवकोटा

चैत २२,काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भारइस (कोभिड-१९) संक्रमण भएकाहरुको संख्या ९ जना पुगेको आधिकारिक पुष्टि गरेको छ । आज शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिदै थप ३ जना विरामीमा कोरोना संक्रमण फैला परेको बताएका हुन् ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको उल्लेख गरिएको छ । यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमितमध्ये १ जना स्थानीय हुन् बने बाँकी २ जना बाहिरबाट आएका हुन् । ३४ वर्षीया संक्रमित महिला नेपालको चौथो संक्रमितकी भाउजु हुन् । २१ वर्षीय पुरुषमा केही समयअघि भारतको मुम्बईबाट आई शंका लागेर क्वारेन्टाइनमा थिए । अर्का ४१ वर्षीय कञ्चनपुरका पुरुष भारतको उत्तराखण्डबाट आई शंका लागेर उनी पनि क्वारेन्टाइनमा थिए ।

संक्रमित ३ नै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ । यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।

बिगतमा संक्रमित ६ जनामध्ये पहिलो १ जना कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भएर घर गइसकेका छन् भने अन्यको उपचार भइरहेको छ । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं, बागलुङ, धादिङ र कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा संक्रमण देखिएको हो। सरकारले टेकुमा मात्र भइरहेको नमुना परीक्षणको दायर बढाएर ७ वटै प्रदेशमा पुर्‍याएको छ ।

डा. देवकोटाका अनुसार १५ जना काठमाडौँ उपत्यकामा र ५४ जना बाहिर गरी मुलुकभर ६९ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको कल सेन्टरहरुमा ३४६२ वटा कालको सम्बोधन गरिएको अनि स्वास्थ्य मन्त्रालयको नयाँ वेभसाइट र एप्समा ६५२७ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये आजसम्म १२६ जना रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि उनले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या पुग्यो ५ जना

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ४, धनगढीमा पनि भेटिए १ जना

नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित भेटिए

काठमाडौंमा भेटियो १ जना कोरोना संक्रमित महिला बिरामी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !