२० बैशाख २०८१, बिहिबार

काठमाडौंमा भेटियो १ जना कोरोना संक्रमित महिला बिरामी


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

१० चैत, काठमाडौं । फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी १ जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ । स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

१९ वर्षीय महिला विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । ‘गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको छ’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यसअघि चीनबाट आएका १ जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !