१४ बैशाख २०८१, शुक्रबार

दशजगामा अलपत्र नेपालीलाई प्रवेश दिने समितिको निर्णय


कोरोना समिति

६ चैत, काठमाडौं । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले नेपालको सीमा क्षेत्र (दशजगा) मा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।

साथै सो समितिले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।

नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताएका छन् । साथै उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !