१५ बैशाख २०८१, शनिबार

कोभिड –१९ : जोखिम हुन नदिन विशेष तयारी


कोरोना भाइरस

बाँके, १६ चैत । कोरोना भाइरस (कोभिड –१९ ) को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विशेष सावधानीका साथ तयारीलाई तिब्र बनाएका छन् । यहाँका आठवटै स्थानीयतहले विदेशबाट फर्किएका नागरिकलाई खोजेर सेल्फ क्वारेन्टाइन तथा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्नका लागि अभियान सञ्चालन गरिरहेका छन् ।

विदेशबाट फर्किएकाको घरघर मै चेकजाँचका गर्न स्वास्थ्यकर्मी खटाउन थालेका छन् । नेपालगञ्जउमपहानरपालिका, कोहलपुर नगरपालिकासँगै खजुरा, जानकी, डुडुवा, नरैनापुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले विदेशबाट आएका फर्किएकालाई खोजेर सेल्फ क्वारेन्टाइन तथा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्न अभियान नै चलाएका छन् ।

खजुरा गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर गाउँमै बसेकामध्ये मैटहवा रहेको क्वारेन्टाइनमा २१ जना र क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा क्वारेन्टाइनमा १५ जना गरी ३६ जनालाई क्वारेन्टाइनमा राखेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् जनस्वास्थ्य अधिकृत पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नंं. १ मा ९, वडा नंं. २ मा ६ र वडा नंं. ४ मा १७ गरी ३२ जनालाई ‘होम क्वारेन्टाइन’मा राखिएको छ । ज्वरो र रुघाखोकी देखिएका तीन जनालाई नेपालगञ्जको क्वारेन्टाइनमा पठाएको छ । खजुरा गाउँपालिकाले ४० श्ययाको क्वारेन्टाइन निर्माण गरिसकेको र थप २० श्ययाको बनाउने तयारीसमेत थालेको छ ।

त्यस्तै डुडुवा गाउँपालिकाले दुई स्थानमा गरी बेतहनी र साहपूर्वामा ११÷११ श्यया गरी २२ श्ययाको क्वारेन्टाइन निर्माण गरिसकेको छ । ८ श्यया थप गर्ने तयारी गरेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत धनबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले विदेशबाट आएकाको तथ्याङक लिने काम भइरहेको जानकारी दिनुभयो ।

राप्तीसोनारी गाउँपालिकाले सबै वडामा आवश्यकताका आधारमा क्वारेन्टाइन निर्माण सुरु गरेको छ । स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद चुडालीका अनुसार भौगोलिक हिसाबले गाउँपालिका धेरै ठूलो रहेकाले एक स्थानमा क्वारेन्टाइन निर्माण गर्न अपायक पर्ने भएपछि वडा वडामा निर्माण गर्ने तयारी थालिएको छ ।

उहाँले विदेशबाट आएकोको तथ्याङ्क सङ्कलन गरेर होम क्वारेन्टाइनमा राख्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । बैजनाथ गाउँपालिकाले बनकटवामा रहेको स्वास्थ्य चौकीमा आइशोलेसन वार्ड तयार गरेको छ । विदेशबाट आएकाको स्वास्थ्य जाँच गर्न गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

सबै वडामा स्थान छनौट गरेर सम्बन्धित वडाले व्यवस्थापन गर्नेगरी क्वारेन्टाइन निर्माण सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक धननाथ योगीले जानकारी दिनुभयो । त्यस्तै कोहलपुर नगरपालिकाले पनि क्वारेन्टाइन निर्माणको कामलाई तीव्रता दिएको छ । जानकी गाउँपालिकाले १० श्ययाको क्वारेन्टाइन तयार गरिसकेको छ । विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरिरहेको छ । नरैनापुर गाउँपालिकाले नरैनापुरमा १० को श्ययाको क्वारेन्टाइन निर्माणसँगै नेपालगञ्जस्थित होटल ह्यातलाई पनि क्वारेन्टाइनका लागि तयार गरिसकेको छ ।

स्थानीय तहबाट सो भाइरसका आशंका गरिएका व्यक्तिलाई नेपालगञ्ज रिफर गरिदिँदा व्यवस्थापनमा केही चुनौति देखिएको र समाधान गर्न काम भैरहेको उपमहानागरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकार िदिनुभयो । उहाँका अनुसार नेपालगञ्जको होटल समरथ इनमा तयार गरिएको क्वारेन्टाइनमा बाहिरबाट आएका १४ जनालाई नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खान, बस्न, स्वास्थ उपचार र सुरक्षाको प्रवन्ध मिलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !