१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसको रोकथाम र भान्साको औषधि


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाल कोरोना भाइरस (कोभिड-१९) सँग जुध्न जडीबुटी कति प्रभावकारी भन्ने विषयमा हामीले जानकारीमुलक लेख पटक-पटक पस्किरहेको छु । आजको लेखमा यसबारे थप जानकारी पस्कने छौं । आयुर्वेदिक र हर्बल औषधिको प्रयोगले यो रोग चाँडो निको हुने देखिन्छ ।

यस्ता रोगमा प्रतिरक्षा प्रणाली र इम्योनो सिस्टम बलियो हुने खालको उपचार गर्नुपर्ने हुन्छ । खास भन्ने हो भने कोभिड-१९ स्वासप्रस्वाससंग सम्वन्धित रोग हो जसले फोक्सोलाई नै क्षति पुर्याउदछ । यो रोग लामो समयसम्म रूघा लाग्ने, दमको रोग निमोनिया आदि रोग भएकाहरूलाई प्राय: आक्रमण गर्ने गरेको पाइन्छ ।

यो रोग लागेर मान्छे मर्ने होइन बरू सहि उपचारको अभावमा मान्छे मर्न सक्छ । विगत लामो अनुभवले यो रोग लागेकाहरूलाई एलोपैथिक औषधि नभएकाले जडिबुटी नै यो रोगको उपयुक्त देखिएको छ । यस्ता औषधिहरूमा बेसार, असुरो, गिलोय आदि पर्दछन् ।

स्वास्थ्य राम्रो होस् भन्नेहरूले यस्ता जडिबुटीबाट बनेका औषधि प्रयोग गरेर लाभ उठाउन सक्नु हुनेछ । रोग ठूलो होइन तर रोगको पहिचान र समयमा औषधि उपचार भएन भने या गलत औषधिको प्रयोगले मान्छे मर्न सक्ने देखिन्छ । आजको लेखमा हामीले यस्ता औषधिबाट उपचार कसरी गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्नेछौं ।

औषधिबारे राम्रो जानकारी भएका स्वास्थ्यकर्मीको रेखदेखमा स्वास-प्रस्वास सम्बन्धित रोगको उपचार गर्दा रोगको लक्षणसंग मिल्दो औषधि भएमा मात्र यो रोगको सहि उपचार सम्भव देखिन्छ । असुरो र गिलोयबाट बनेका औषधि बजारमा आएका छन् ।

कोभिड-१९ बाट बच्न भान्साको औषधि यसरी प्रयोग गर्न सकिन्छ ।

१. कोभिड-१९ बाट बचाउन पिप्ली, मरिच, सुठो र बेसार सवै ५,५ ग्राममा तुलसीको पात ४,५ पत्ता राखेर आधा लिटर पानीमा उमाल्ने र काढा नियमित पिउने यस्ले पनि यो रोगबाट बचाउन सक्छ ।

२. नियमित हल्का मनतातो पानी पिउने बानी बसाल्ने ।

३. शरीरमा इम्युनो सिस्टम ठिक होस् भन्नाका लागि अमला, एलोभेरा, गिलोय, निबूको जुस पिउने ।

४. रोग प्रतिरोधक क्षमता बढ़ाउन हल्का गरम पानीमा तुलसीको रस हालेर पिउने ।

५. गरम दूधमा बेसार राखरे पिउनाले पनि रोगप्रतिरोधक क्षमतामा वृद्धि हुन थाल्दछ ।

६. चियाको सेवन गर्न इच्छा हुनेहरूका लागी तुलसी हर्बल चिया बनाउने तरिका

(क) १० वटा जति पात तुलसी, ५ दाना जति कालो मरिच, थोरै दालचिनि, अदुवा र स्वादको लागि भेली राखेर पकाउने यसरी बनाएको चिया नियमित सेवन गराउनाले कोभिड-१९ ले आक्रमण गर्न सक्ने छैन ।

कोभिड-१९ को लक्षणको उपचार

१.  गिलोय क्याप्सुल

२.  क्याप्सुल दिनमा २ पटक केहि दिन नियमित सेवन गराउने

३. असुरोको पात,अदुवा थोरै राखेर पानी पकाउने र सेलायको काढामा थोरै मह राखेर दिनमा २ पटक खाने ।

४. होम्योपैथीक औषधि आर्सेनिक ३० को ग्लुवुल्समा राखेर दिनमा ४ पटक खान दिने यसले कोभिड-१९ को रोकथाम गर्दछ ।

नोट : यो औषधि कोभिड-१९ को उपचार होइन तर यसले प्रयोगले रोगको रोकथाममा ठूलो सगाउ पुग्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !