७ पुस २०८१, आइतबार

मानव स्वास्थ्यको लागि आयुर्वेद तथा र आयुर्वेद चिकित्सा पद्दतिको महत्व


आयुर्वेद चिकित्सा पद्दति
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । शरीरमा हुने वात, पित्त र कफका कारण शारीरमा रोग पैदा हुन्छ । आयुर्वेदको सिद्धान्त अनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ ।

आयुर्वेदिक औषधिका स्रोतहरू खासगरी, बोटबिरुवाका सम्मपुर्ण अंगहरू र खनिज पदार्थ हुन् । जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सीधै प्रयोगमा ल्याइन्छ । आयुर्वेद औषधिमा केमिकलको प्रयोग गरिँदैन । त्यसैगरी, यसको सेवनबाट अन्य असर हुँदैन ।

निम्न रोगको उपचार आयुर्वेदिक पद्धतिबाट गर्न सकिन्छ । आयुर्वेद पद्धतिबाट सबैखाले रोगको उपचार गर्न सकिन्छ । खासगरी, ब्याक्टेरियल, भाइरल र फन्गल इन्फेक्सन जस्ता सरुवा रोगको उपचार सम्भव छ । जडिबुटीजन्य औषधिबाट यस्ता रोग निको पार्न सकिन्छ ।

आयुर्वेद औषधिको प्रयोगले रोग निको हुन बढी समय लाग्छ भन्ने आम मानिसमा भ्रम रहेको पाइन्छ । जुन सत्य होइन । अनुपात (कुन वस्तुसँग के मिसाएर खाने भन्ने) मिलाएर यस्ता औषधि सेवन गरेमा छोटो समयमै रोग निको हुन्छ ।

नसर्ने रोग अहिलेका विकराल समस्या हुन् । जीवनशैली र रहनसहनका कारण यस्ता रोग बल्झिने गर्छन् । तसर्थ, उपचारसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जो आयुर्वेद उपचार पद्धतिसँग जोडिएको हुन्छ ।

रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरी रोगबाट बच्न सकिन्छ । भुइँ अमला, हर्रो, बर्रो, अमला, चिराइतो, कुटकी, तितेपाती, निम, सतावरी, बेल, पाँचऔलै, अश्वगन्धा आदि मुख्य जडिबुटी हुन् । यस्ता जडिबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

हाम्रो भू-भागमा थुप्रै जडिबुटी छन् तर चिन्न नसक्नाले फाइदा उठाउनबाट हामी पछि परेका छौं । बाहिरबाट ल्याइएका जडिबुटी अरूले भनेको लेखेको आधारमा मात्र औषधि निर्माण गर्ने गरेको पाइन्छ । यसरी प्रयोग हुने जडिबुटी सडेको भए गुणस्तर कमजोर भई रोग निको नहुन सक्छ । आजको लेखमा केहि जडिबुटीबा उपचार गर्ने तरिका र औषधि बनाबारे प्रकाश पार्नेछु ।

१. त्रिफला यो औषधि बजारमा आयुर्वेदिक कम्पनीले बनाएर ल्याएको छ । यो औषधि हामीले घरमा बनाउन सक्छौं । यो औषधिमा हर्रो, बर्रो, अमला समभाग मिलाएर यो औषधि तयार भएको हुन्छ ।

यो औषधि १ चमच राति सेवन गर्नाले पेट सफा हुनुको साथै ग्यास बन्न र कब्जीयत हटाएर कायाकल्प गर्दछ । यो औषधि साधा पानीको सट्टा दूधसंग नित्य खायमा तागत दिने काम पनि गर्दछ ।

नोट : अर्को पटक अन्य औषधि कसरी बनाउने जानकारी लिएर उपस्थित हुनेछु ।

यो पनि पढ्नुहोस्

अदुवाका औषधि उपचारहरु

नेपालमा जडिबुटीको वर्तमान अवस्था

जडिबुटीहरुबाट बिभिन्न रोगहरुको उपचार

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु

स्वास्थ्यको लागि चमत्कारीक जडिबुटी पुनर्नवाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !