७ मंसिर २०८१, शुक्रबार

मानव स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोगका फाइदाहरु


सर्पगन्धा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोगका फाइदाहरु ! सर्पगन्धा एपोसाइनेसी परिवारको महत्वपूर्ण जडिबुटीहो । यो जडिबुटीबारे लियोनार्ड राल्फले सन् १५८२ मा पत्ता लगाएका थिए । यो जडिबुटी छिमेकी राष्ट्र भारत र चिनमा परम्पारिक औषधिको रूपमा ३००० बर्षदेखि चल्दै आएको इतिहास छ ।

यो नेपालमा प्रशस्त पाइने जडिबुटी अन्तर्गत पर्दछ । यसको प्रयोगले ब्लड प्रेसरको विरामीलाई राम्रो फाइदा गर्दछ । नेपालमा यसको खेती गरेर प्रशस्त आय भित्र्याउन सकिने सम्भावना छ । यस्ता औषधि त्यसै खेर गएको देखिन्छ ।

आज यो औषधि सवैभन्दा बढी प्रयोग गर्न सकिने देखिएको छ । के सानो, के ठूलो सवैलाई ब्लड प्रेशरको समस्या भएको अवस्थामा यस्ता जडिबुटीको प्रयोग कम गरेको देखिएको छ । यस्ता जडिबुटी प्रयोग गरेर वैद्यनाथ आयुर्वेद र डाबर कम्पनीले प्रशस्त पैसा नेपालबाट लगेको पाइन्छ ।

सर्पगन्धा जस्ता अनेकौं औषधि नेपालमा प्रशस्त उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । यस्ता जडिबुटी उत्पादन गर्नमा जनतालाई सरकारले प्रोत्साहन दिन सकेमा राम्रो डलर भित्र्याउन सम्भावना छ ।

नेपालीलाई परनिर्भरमा होइन आफ्नै पाखुरामा बाँच्न सक्ने खालका योजनाहरु भित्राउन सके देशले हात फैलाउन नपर्ने भएको छ । यसो भनिरहदा सहयोग आउछ तर कहाँ जान्छ, यो कसैलाई थाहा हुदैन । हाम्रो देश जलस्रोत, जडिबुटी र खानीले धनी हुँदा पनि परनिर्भरमा आश्रित छ ।

मीले देशको होस् या व्यक्तिको स्तरमा सुधार गर्न काम नगरि केहि हुनेवाला छैन यस्ता काममा हाम्रो ध्यान पुग्न आवश्यक छ । ह्रासमुखी होइन उत्पादन मुखी बनेर केहि गर्नुपर्ने समय आएको छ । बेरोजगारलाई रोजगार दिने खालको काम गर्न आवश्यक छ ।

सर्पगन्धाको प्रयोगबाट कुनैपनि साइडइफेक्ट बिना ब्लड प्रेसर कन्ट्रोल गर्न सक्ने भएकाले यस्ता औषधि आयुर्वेदिक डाक्टरको रेख देखमा चलाउन सके राम्रो फाइदा हुन सक्छ । गाउघरका वैद्यहरूले सदियौदेखि यो औषधि चलाउदै आएको देखिएको छ ।

यो पनि पढनुहोस्

भाङद्वारा हाइड्रोसिलको सफल उपचार

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

रक्सी छोड्ने सफल उपचार (Successful Cure of Alcoholism)

अम्लपित्तको सफल उपचार (Successful Treatment of Acidity)

हृदयघातको सफल उपचार (Successful Treatment of Heart Attack)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !