१२ बैशाख २०८१, बुधबार

भाङद्वारा हाइड्रोसिलको सफल उपचार (Successful Treatment of Hydroxyl by Cannabis Indica)


भाङ
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भाङद्वारा हाइड्रोसिलको सफल उपचार (Successful Treatment of Hydroxyl by Cannabis Indica) ! अण्डकोषमा पानी भरिने समस्यालाई मेडिकल भाषामा हाइड्रोसिल भनिन्छ । कसै-कसैलाई यसले लामो समय दु:ख दिने गरेको हुन्छ । लाज, शरमको कारण यस्ता अंगमा लागेको रोग लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा दु:खको सामना गर्नुपर्ने भएको छ ।

हर्निया नभएको अवस्थामा पनि हाइड्रोसिल हुन सक्छ । कतिपय अवस्थामा भने हर्नियाको कारणले पनि हाइड्रोसिल हुने गरेको देखिन्छ । अफ्रिका र दक्षिण पूर्वी एशियामा धेरै पाइने जीवाणु उचेरेरिया तथा ब्रुगिया मलायी (लामखुट्टेजन्य परजीवी) को जीर्ण संक्रमणका कारण हुने हात्तीपाइले रोगको एक अंशको रूपमा पनि लिइन्छ, हाइड्रोसिललाई ।

लिम्फ्याटिक प्रणालीमा अवरोध गर्दा हाइड्रोसिल बन्ने मानिएको छ । विना कारण हुने हाइड्रोसिलको सुजन नरम, पीडारहित र ठूलो आकारको हुन्छ । यस्तो हाइड्रोसिल बढ्दै जाँदा अण्डकोष छाम्दा भेट्टाउन गाह्रो हुनसक्छ । आकार र तौलका कारण असहज हुने बाहेक दुखाइ नहुने हुनाले यसलाई गम्भीरतापूर्वक लिइँदैन।

सानै उमेरमा देखिएको हाइड्रोसिल आफैं निको हुन्छ । एक वर्ष वा सोभन्दा पछिसम्म रह्यो भने चाहिं शल्यक्रिया गरेर हटाउनुपर्छ । जेबाउले नामको अपरेशनमा अण्डकोषको थैलीमा सानो घाउ बनाएर त्यसमा भएको तरल पदार्थ निकालेर अण्डकोष वरिपरिको झ्लिल्ली उल्ट्याएर सिलाइन्छ । तर हाम्रो क्लिनिकमा यस्तो समस्या देखिएमा जडिबुटीबाट उपचार हुने गरेको छ ।

विगत लामो समयदेखि हामीले स-साना बच्चाहरूको यस्ता समस्याका उपचार गर्दै आएका छौं । यस्ता समस्या देखिएमा ९८६७०४०२९८ मा समपर्क राखेर जानकारी लिन सक्नुहुन्छ । आज भने ठूलाको उपचारमा भाङद्वारा उपचार गर्नेबारे जानकारी पस्कन गइरहेको छु । यो उपचार मेरो बुबाले गर्नु हुन्थ्यो । मैले अक्षरत यहाँ दिएको छु ।

हाइड्रोसिलको उपचार भाङबाट गर्ने तरिका

१. भाङ ल्याएर पिस्नुहोस् । लेप जस्तो बनाएर लगाई दिनुहोस् र लंगोटी लगाई दिनुहोस् क्रमस यो निको हुदै जान्छ । यो उपचारबाट धेरैले फाइदा उठाउनु भएको छ ।

नोट : हाइड्रोसिल हात्तीपाइले रोगको कारणले पनि हुने हुनाले डाक्टरको परामर्श लियर उपचार गराउन सक्नु हुनेछ ।

यो पनि पढनुहोस्

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !