८ पुस २०८१, सोमबार

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान


असुरो

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान । अनुमान लगाउनुहोस् यदि असुरो सेवन गर्दा रूघाखोकी, दम जस्ता श्वास-प्रश्वाससंग सम्बन्धित रोग निको हुन सक्छ भने यसबाट कोरोना भाइरसको औषधि किन बन्न नसक्ला ? कोरोना भाइरसमा देखिने लक्षण र औषधिबाट गरिने उपचार उहि भएकाले यसले पनि यो रोग निको हुन सक्ने सम्भावना प्रवल छ ।

डा. हेनीमनले सिनकोना भन्ने जडिबुटीबाट बनेको औषधिले मलेरिया ठिक हुन सक्छ भन्ने त्यसको परिक्षण गरेर स्वस्थ शरीरमा यो जडिबुटी खान दिदा जाडो भएर ज्वरो आएछ यो लक्षण मलेरियासंग मिल्ने भएकाले सुक्ष्म मात्रामा औषधि बनाएर खान दिदा रोग निको भएको भएछ ।

हामीमा सवैभन्दा ठूलो कम्जोरी के छ भने अरूले प्रयोग गरेको मात्र सेवन गर्ने तर आफै उत्पादन गरेर प्रयोग गर्न नसक्ने भएकाले नै नेपाल पछि परेको छ । असुरोको पातबाट बनेका औषधि, इन्जेक्सन तयार गरेर प्रयोग गराउन सकिन्छ भने यसवाट सफलता पक्का हात लाग्ने देखिन सक्छ । यसमा भएको औषधि गुणको बारेमा टियुबरक्लोसिससम्म निको हुने कुरा उल्लेख गरेको छ ।

औषधिको राजा मानिने असुरो नेपालमा त्यसै खेर गएको छ । डाबर कम्पनीले लगायत होम्योपैथीक कम्पनीले असुरोको औषधि बनाएर नेपालबाट थुप्रै पैसा लग्न सफल भएको छ । यस्ता औषधिबाट हामीले नेपालमै औषधि उत्पादन गराउन सके ठूलो लाभ हुन सक्ने देखिन्छ ।

आज हामी धेरै पछि छौं यसको ठोस कारण हो परनिर्भरमुखी सरकार भएर भन्दा खासै फरक पर्दैन । हात थाप्ने तर स्वयम् केहि गर्न नसक्ने भएकाले नै देश ऋणको दलदलमा फस्दैछ । कृषि प्रधान देश तर उत्पादन छिमेकीको प्रयोग हुन्छ । नहरको फाइदा छिमेकीले उठाएको देखिन्छ तर नेपालका जमीन सवै बाँझो छ ।

औषधिको राजा मानिने असुरो नेपालमा त्यसै खेर गएको छ । डाबर कम्पनीले लगायत होम्योपैथीक कम्पनीले असुरोको औषधि बनाएर नेपालबाट थुप्रै पैसा लग्न सफल भएको छ । यस्ता औषधिबाट हामीले नेपालमै औषधि उत्पादन गराउन सके ठूलो लाभ हुन सक्ने देखिन्छ ।

खेतीयोग्य जमीनमा नहर र बन्द उद्योगमा लगानी लगाउन सके बेरोजगार मात्र होइन सरकार हाक्नेहरूको समेत स्तर उन्नति हुने प्रवल सम्भावना देखिन्छ । भ्रष्टाचार देखिनुको प्रमुख कारण हो खर्च आमदानी नभएको देशमा खर्च देखिनु स्वाभाविक हो । मान्छे खाली भए खोजी शुरु हुन्छ यो पक्का हो । यदि सवै काममा हुन्छन् भने भ्रष्टाचार गरेको देखिदैन यो पनि पक्का हो ।

Mother Tinc Qयो पनि पढनुहोस्

भाङद्वारा हाइड्रोसिलको सफल उपचार

रक्सी छोड्ने सफल उपचार (Successful Cure of Alcoholism)

अम्लपित्तको सफल उपचार (Successful Treatment of Acidity)

हृदयघातको सफल उपचार (Successful Treatment of Heart Attack)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !