७ बैशाख २०८१, शुक्रबार

गाजा र भाङबाट गरिने आयुर्वेदिक उपचार


गाजा

गाजा र भाङबाट गरिने आयुर्वेदिक उपचार । गाजा, भांग र चरसको बानीले शरीरलाई नोक्सान गर्न सक्छ । धार्मिक मान्यता अनुसार भगवान शिवलाई यो चढाइन्छ । मानव स्वास्थ्यमा यदि यसको सहि डोजमा खुवाउन सके खतरनाक रोगबाट समेत बचाउन सकिनेछ । भांगलाई अंग्रेजीमा कैनाबीस, मेरिजुआना, वीड आदि नामले चिनिने गर्दछ । यो नेपाल र भारतमा बढी हुने गरेको पाइन्छ । यो लागु पदार्थको रूपमा लिने गरेको र नेपालमा प्रतिबन्धित बस्तु अन्तर्गत पर्दछ ।

गाजामा टेट्राहाइड्रोकार्बनबिनोल पाइन्छ भने यसलाई छोटो शब्दमा टीएचसी नामले पनि पुकार्न सकिन्छ । भाङ गाजालाई आयुर्वेदिकमा ठूलो औषधि मानेको छ । कुनै पनि बस्तुलाई बढी प्रयोग गरिन्छ भने त्यसले नोक्सान गर्न सक्छ । आउनुस यसको प्रयोबाट के कस्ता रोग निको पार्न सकिन्छ जानौं । गाजा, भाङ र चरेसका ५ फाइदाहरु यस्ता छन् :

१. २०१३ मा वर्जीनियाको कॉमनवेल्थ यूनिवर्सिटीमा गरिएको रिसर्च अनुसार गाजामा पाइने एक प्रकारको तत्वले एपिलेप्सी भन्ने रोगको Attack लाई रोक्ने क्षमता यसमा छ भनेको छ । यो कुरा साइन्स पत्रिकामा पनि छापेको छ ।

२. Glaucoma यो जडिबुटीले राम्रो फाइदा गर्दछ । अमेरिकाको नेशनल आई इंस्टीट्यूटको भनाइमा गाजाको सेवनले यो रोग निको हुन सक्ने कुरा उल्लेख गरेको छ ।

३. अल्जाइमर संग सम्बन्धित पत्रिकामा छापेको शोध अनुसार भागमा पाइने टेट्राहाइड्रोकैनाबिनॉलको सानो मात्रा सेवन गराउनाले अल्जाइमर जस्ता रोग निको हुने बताएको छ ।

४. २०१५ मा क्यान्सरसंग लड्ने क्षमता गाजामा भएको पत्ता लागेको थियो । अमेरिकी सरकाको वेबसाइटको भनाइमा कैनाबिनाएड्स भन्ने तत्वले क्यानसरका कोसिकालाई मार्न सक्ने क्षमता यसमा पाइएको छ भनेको छ ।

५. थुप्रै शोध अनुसार कीमोथैरेपीको साइड इफेक्टलाई समेत यसले फाल्ने काम गर्दछ । कीमथोरैपीको साइड इफेक्टकपमा नाकबाट पानी बग्नु, उल्टि हुनु, भोक नलाग्नु जस्ता समस्या देखिने गर्दछ । अमेरिकामा एफडीए विभागले यस्ता विरामीलाई गाजाको सानो मात्रा दिन मन्जुरी गरेको थियो भनेर उल्लेख गरेको छ ।

नोट : कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नुभन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

यो पनि पढनुहोस्

लागूऔषधको रूपमा परिचित गाजाका अनगिन्ती फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !