१४ बैशाख २०८१, शुक्रबार

परिवर्तन गर्नुपर्ने भएको छ अब नेपालमा जडिबुटी उत्पादन गरेर


जडिबुटी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

परिवर्तन गर्नुपर्ने भएको छ अब नेपालमा जडिबुटी उत्पादन गरेर । परिवर्तन सम्भव छ तर आफुले नगर्दासम्म केहि सम्भव छैन । म हिजो मध्येविन्दुमा आउदा सवै झुपड पट्टी थिए अहिले गगन चुम्बी भवन बनेका छन् । यो परिवर्तन सरकारले गरेको होइन । यहाँ बाटा-घाटा सवै व्यक्तिगत पैसा उठाएर बनाइएको छ ।

देशमा जनताले चाहेमा के हुदैन भन्ने कुरा गाउँ-गाउँमा जनता नै लागेर सवै भएको देखिन्छ । नेपालको आर्थिक सामाजिक सवै हेर्दा परिवर्तन भएको छ, यो सवै परिवर्तन विदेशी पसिनाले भएको देखिएको छ । यदि हामीले यही बसेर परिवर्तन खोजेको भएपनि नहुने थिएन तर ढिलो हुने थियो होला जस्तो लाग्छ ।

विगतको पानालाई पल्टाएर हेर्दा यो मध्येविन्दु नगरपालिका धेरै पछाडि थियो तर अहिले यहाँ धेरै परिवर्तन भएको देखिन्छ । बजारमा नपाइने केहि छैन सबथोक पाइन्छ । आज बजार मात्र होइन यहाँ शिक्षा कै कुरा गर्ने हो भने कलेज खुलेका छन्, स्वास्थ्य केन्द्र खुलेका छन् । निकट भविष्यमा मेडिकल कलेज सम्म खुल्न सक्ने देखिएको छ ।

वर्तमान अवस्थालाई नियालेर हेर्दा गाउँ-गाउँमा तरकारी खेती मौलाउदैछ । उद्योग स्थापना भएका छन् । अबको पालो यहाँ जडिबुटी लगाउन सके प्रशस्त उत्पादन बढाउन सकिने देखेको छु । यहाँ बहुमुल्य जडिबुटी त्यसै खेर गएको देखिएको छ । नेपाली हामी पछि पर्नुको प्रमुख कारण भनेकै परनिर्भर भएको देखिन्छ ।

यस क्षेत्रमा अर्गानिक हर्वल जडिबुटीबाट खाद्यान्न उत्पादन गरेर स्वास्थ्य लाभ दिन सकिने प्रशस्त सम्भावना देखिएको छ । यहाँ असुरो, तुलसी, रूदिलो, पिपली, आकास बेली, लज्वावती, चिरचिटा(अपमार्ग), धतुरो जस्ता थुप्रै जडिबुटी देखिएका छन् । यस्ता जडिबुटीबाट खाद्यान्न उत्पादन गरेर राम्रो फाइदा उठाउन सकिने प्रशस्त सम्भावना देखिएको छ ।

असुरो, तुलसी, रूदिलो, पिपली, आकास बेली, लज्वावती, चिरचिटा(अपमार्ग), धतुरो जस्ता थुप्रै जडिबुटी देखिएका छन् । यस्ता जडिबुटीबाट खाद्यान्न उत्पादन गरेर राम्रो फाइदा उठाउन सकिने प्रशस्त सम्भावना देखिएको छ ।

यस्ता जडिबुटीबाट बनेका हर्वलले मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्न सक्नुको साथै बेरोजगार समेत मेट्न सक्ने प्रशस्त सम्भावना देखिएको छ । अबको परिवर्तन भनेको अर्गानिक जडिबुटी खेतीतर्फ लाग्नुपर्ने देखिएको छ । हामीले प्रशस्त आय हुने खालको जडिबुटी लगाएर वैज्ञानिक बनलाई अझ परिमार्जन गर्दै आमदानीको स्रोतमा साल होइन जडिबुटी लगाउदै परिवर्तन गर्ने सम्भावना देखिएको छ ।

परिवर्तन भनेको अर्गानिक जडिबुटी खेतीतर्फ लाग्नुपर्ने देखिएको छ । हामीले प्रशस्त आय हुने खालको जडिबुटी लगाएर वैज्ञानिक बनलाई अझ परिमार्जन गर्दै आमदानीको स्रोतमा साल होइन जडिबुटी लगाउदै परिवर्तन गर्ने सम्भावना देखिएको छ ।

जग्गा बाझो छ । बाझो जमिनमा त्यसै उत्पादन हुने खालका हर्वल जडिबुटी लागाएर प्रशस्त आम्दानी हुने सम्भावना छ । अहिले सरकारले जडिबुटीबाट बनेका थुप्रै औषधिहरूलाई हर्वो खाद्यान्नमा राखरे पब्लिकलाई व्यापार गर्न दिएको देखिन्छ । यस्ता काममा पहिले मार्केटिङ विजनेस गर्नेहरूले कम पढे लेखेकाहरूलाई पनि यस प्रकारको विजनेस गर्ने काम गरेको पाइएको छ ।

एकातर्फ बेरोजगार भएको र जमिन बाझो भएको जनतालाई पौष्टिक खाद्यान्नको अभावमा यस्ता उत्पादन बढाएर कायाकल्प गर्न सक्ने प्रशस्त सम्भावना देखिएको छ । यस्ता जडिबुटीबाट बनेका खाद्यान्नले स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्न सकिने सम्भावना देखिएको छ । जडिबुटि सबैको पहुँचमा हुनुपर्छ ।

यो पनि पढनुहोस्

नेपालमा जडिबुटीको वर्तमान अवस्था

जाडोमा अदुवा नै किन खाने ? जानी राखौ

खोकीको समस्यामा आयुर्वेदिक औषधि असुरो धेरै नै उपयोगी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !