![असुरो](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/05/Asuro2145.jpg?fit=1024%2C683&ssl=1)
खोकीको समस्यामा आयुर्वेदिक औषधि असुरो धेरै नै उपयोगी ! आजकाल प्राय: जसोलाई खोकी लाग्ने गरेको पाइन्छ। विशेषगरी बच्चाहरुमा यो बढी देखिएको छ। खोकी लाग्नुका प्रमुख कारण धुलोका कण मुख र नाकको माध्यमबाट भित्र पस्नाले प्राय: खोकी लाग्ने गरेको देखिएको छ । खोकीलाई सामान्य रूपमा हेर्दा यसले ठूला रोग ननिम्ताउला भन्न सकिँदैन ।
‘लडाइको जड हासी, रोगको जड खासी’ भन्ने यो उखानले बताउने गरेको पाइन्छ । आजकल बजारमा पाइने अधिकांश खोकीका औषधिले खोकी ठिक नभएको जनगुनासो बढ्दै गएको देखिन्छ । आजको लेखमा मैले खोकी कसरी ठिक हुन सक्छ भन्ने कुरामा विशेष सुत्र पेश गर्नेछु ।
हाम्रो गाउँघरमा यस्ता चमत्कारिक औषधि छन् तर प्रयोग गर्न हामीलाई फुर्सद नै छैन । मेडिकलमा गयो जस्तो पायो उस्तै औषधि माग्यो खान दियो पुग्यो नत डाक्टरको परामर्श लिनुछ नत के कारणले खोकी लागेको जानकारी नै प्राप्त गर्नुछ ।
खोकी लाग्दा गलामा खस-खस गरेर लाग्ने हुन्छ । लामो समय खोकीको उपचार नभएमा यसले कालान्तरमा गएर टिबी, दमको रोग, निमोनिया निम्ताउन सक्ने खतरा बढ्ने देखिएको छ । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दु:ख पाउँछन् । कुनै-कुनै खोकी त करिब १ महिना भन्दा बढीसम्म समेत लाग्ने हुन्छ । खोकी लागेमा घरेलु उपचारले पनि खोकी निको गर्न सकिन्छ ।
खोकीको उपचारमा प्रयोग हुने जडिबुटीलाई प्रयोग गरेर पनि खोकी निको बनाउन सकिने देखिन्छ । यस्ता जडिबुटीमध्ये असुरोलाई प्रमुख खोकीको रोगको उपचारमा प्रयोग गर्न सकिने भएको छ । असुरोलाई नचिन्ने कोही छैन । असुरो बारमा लगाएको देखिन्छ । आजको लेखमा मैले असुरोको औषधि बनाउने तरिका दिन लागेको छु । फाइदा उठाउन आग्रह गर्दछु ।
असुरोबाट खोकी, रूघा, दम जस्ता रोग निको बनाउन सकिने देखिन्छ । यस्ता औषधि भारतीय कम्पनीले औषधि बनाएर नेपाली बजारमा ल्याएको छ । हामीले पनि यसवाट आफै औषधि बनाएर सेवन गर्ने तरिका जान्न सकेमा खोकीको औषधि बनाएर सेवन गर्न सकिनेछ ।
असुरोबाट औषधि बनाउने तरिका यस्तो छ जानौं
१. असुरोको पात ल्याउनुहोस् । पातलाई धुनुहोस् र कपडामा लपेटनुहोस् । माथिबाट कपडमिटिले पोत्नुहोस् र भुग्रामा दवाउनुस र तयार भएपछि निकालेर १ चमच उमेर अनुसार थोरै मह राखेर दिनमा ३ पटक खानुस सवै ठिक हुन्छ ।
२. सुकेको असुरोको पातलाई सुकाएर बिडी जस्तै तान्नुहोस् खोकी निको हुन्छ ।
३. असुरोबाट बनेको औषधि डाबर कम्पनीले बनाएर बजारमा ल्याएको छ । वासावलेह १ चमच मनतातो पानीसंग दिनमा ३ पटक खाएमा रक्तपित्त र खोकी निको बनाउदछ ।
४. असुरोको पात ४,५ वटा ल्याएर आगोमा सेक्नुस र रस निकाल्नुस निकालेको रसमा मह, अदुवाको रस मिलाएर चाट्नुस ठिक हुन्छ ।
५. १० ग्राम अदुवाको रस, असुराको पातको रसमा महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अदुवा पोलेर मिलाएर चुसेमा पनि खोकी निको हुन्छ ।
यो पनि पढ्नुहोस्
कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना
कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो
कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।
![कुमारवर्ती औषधालय](https://i1.wp.com/scienceinfotech.com.np/wp-content/uploads/2018/12/Kumarworti-Aushadhalaya.jpg?resize=800%2C101&ssl=1)