१४ बैशाख २०८१, शुक्रबार

प्रसिद्ध एलोपैथिक डाक्टर यसरी बने होम्योपैथीकका जन्मदाता


सैम्युल हेनिमन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होम्योपैथीकको जन्म एकजना एलोपैथिकका प्रसिद्ध डाक्टरको हातबाट भएको थियो । उहाँको नाम थियो – डा. सैम्युल हेनिमन । हेनिमनको जन्म १० अप्रिल १७५५ मा भएको थियो । उहाँले २४ बर्षको उमेरमा नै एम.डी.को उपाधि हासिल गर्नुभएको थियो । उहाँले १० बर्षसम्म एलोपैथिक प्रेक्टिस गर्नुभयो ।

यो प्रेक्टिसको क्रममा उहाँलाई एलोपैथिकका थुप्रै त्रुटी रहेको देख्नुभयो । मेटेरिया मेडिकाको जर्मन भाषामा अनुवाद गर्दै हुनु हुन्थ्यो । अध्ययन गर्ने क्रममा सन् १७९० मा मलेरियाको औषधि बनाउने सिनकोनाबारे मलेरिया ठिक हुने कुरा उल्लेख गरेको देखेपछि उहाँले सिनकोनाबारे रिसर्च गर्ने विचार जागेर आयो ।

यदि हामीले स्वास्थ्य अवस्थामा सिनकोना खाए के हुन सक्छ भन्ने कुरा डाक्टरको मनमा उठेकाले त्यो औषधि सिनकोना खादा जाडो भएर मलेरिया जस्तै ज्वरो आएछ । पछि उहाँले यदि जाडो भएर देखिने ज्वरोको लक्षणमा सिनकोना खाएमा ज्वरो निको हुन सक्छ भन्ने कुरा पत्ता लगाउन त्यो औषधि खादा ज्वरो निको भएछ ।

होम्योपैथीकको ज्ञान हुनका लागि मैटीरिया मेडिकाको ज्ञान हुन आवश्यक छ । यदि हामीले सरसरी हेर्ने हो भने यो चिकित्सा पद्धति एलोपैथिक भन्दा धेरै गार्हो छ । स्वास्थ्य व्यक्तिलाई औषधि सेवन गराउदा जुन लक्षण पैदा हुन्छ त्यही औषधि सुक्ष्म मात्रामा दिएमा त्यो बिमारी निको हुन्छ । यसैलाई होम्योपैथीकको मूल-सिद्धान्त भन्दछन् ।

यसरी उहाँले हरेक परिक्षण गर्दै जान थाल्नु भयो । आज वहाँ होम्योपैथीकका जन्मदाताका नामले प्रसीद्ध हुनुहुन्छ ।उहाँको यो कामले गर्दा जर्मनका प्रसिद्ध एलोपैथिक डाक्टरहरू यो चिकित्साप्रति आकर्षित भएका थिए । होम्योपैथीक उपचार पद्धति सुरक्षित छ । यसका साइड इफेक्ट नहुनाले बच्चा बुढा साना ठूला सबैका लागि उपयोगी देखिन्छ ।

नेपालमा होम्योपैथीकको राम्रो प्रचार-प्रसारको अभाव हुनाले होम्योपैथीक पछि परेको छ । मलाई करिब २०० वटा जति हातमा मुसा वार्ट भएकाले थुजा खादा सवै निको भएको थियो र मलाई यो चिकित्साप्रति रूचि जागेको थियो । म अहिले अखिल नेपाल होम्योपैथीक एसोसिएसनको लाइफ मेम्बर रहेको छु । यो पद्धतिको विकास भएमा हानीरहित उपचार पब्लिकले पाउनेछन् भन्ने आशा लिएको छु ।

होम्योपैथीक चिकित्सा पेशामा लाग्नु भएका सम्पुर्ण चिकित्सक साथीहरू (Nepal Alternative Medical Development Council ) केन्द्रीय कार्यालय मध्येविन्दु नगरपालिकामा आएर आफ्नो नाम दर्ता गरेर पब्लिकलाई यो सेवा दिनु हुन हार्दिक अनुरोध गर्दछु । थप जानकारीका लागि हाम्रो www.namdc.org.np मा लग इन गरेर हेर्न सक्नुहुन्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !