कुनै पनि लामो समयसम्म काम गर्ने औषधिले तत्काल फाइदा नदेखाउदा मन आत्तिनु स्वाभाविक हो तर आयुर्वेदमा यस्तो सोच्नु नितान्त गलत छ । आयुर्वेदिक औषधिले ढिलो काम गर्छ तर असर लामो समय रहन्छ ।
औषधि र दवाईको भिन्नता भनेकै यही हो । दवाई भन्नाले एलोपैथिक भनेर बुझ्नुपर्छ । २१ औं शताब्दीमा आएर कतिपय एलोपैथिकको रेजीस्टेण्ड हुनाले कुनै कुनै रोगमा काम गर्न सकेको छैन ।
आयुर्वेदिक औषधीमा भने रेजीस्टेण्ड हुने खतरा कम हुने हुनाले बढी समय यसको प्रभाव हाम्रो शरीरमा रहन्छ तर एलोपैथिक भने पिसाब दिसाको माध्यमबाट बाहिर निस्कन्छ । आज आयुर्वेदिक औषधिले पनि केही काम नगरेको गुनासाहरू सुन्नमा आएको छ ।
आयुर्वेदिक औषधि निर्माण गर्दा औषधि जडिबुटी कच्चा पदार्थमा भर पर्दछ । आयु, समयलाई ध्यान दिएर मात्र औषधि उत्पादन गर्न सकेको खण्डमा राम्रो फाइदा देखिन सक्छ । आयु भनेको उमेर र समय भनेको दिनलाई भन्नु पर्दछ ।
आयुर्वेदिक औषधि हमेसा युवा अवस्थामा ओखलेको औषधि धेरै प्रभावकारी हुने हुँदा यो कुरामा ध्यान दिन सके चमत्कारिक फाइदा आयुर्वेदिक औषधिबाट लिन सकिन्छ ।
आज जतिपनि कम्पनीले आफ्नो जग्गामा होस् वा बाहिरबाट ल्याएको होस बुझेर मात्र औषधि निर्माण कार्यमा शास्त्रीय विधि विधान अनुसार औषधि उत्पादन गर्न सके चमत्कारिक फाइदा देखिन्छ ।
आयुर्वेदिक औषधिलाई तीन भागमा बाँडिएको छ जस्तै बालक, युवा र बृद्ध बालक अवस्था र बृद्ध अवस्थामा निकालेको औषधिको गुण कमजोर भनिएको छ भने युवालाई प्रभावकारी मानिएको छ ।
आयुर्वेदिक औषधि आयुपछि समयको ठूलो महत्व छ । विहान निकालेको औषधिमा रस बढी हुन्छ भने दिउसो निकालेको औषधिमा रस सुकेको हुन्छ । जडिबुटी हमेसा छाँयामा सुकाएको बढी उपयोगी हुने कुरा आयुर्वेदिक शास्त्रमा उल्लेख गरेको पाइन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।