२७ आश्विन २०७७, मंगलवार १३:०९

सामूहिक जडिबुटी खेती



खलङ्गा, २७ असोज । जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जडिबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् ।

स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रु ६ लाख अम्दानी गरिएकामा यस वर्ष रु १८ लाखसम्म आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।”अत्तिसको बीउ प्रतिकिलो रु ५० हजार र जरा रु दुई हजारमा बिक्री हुने गरेको छ । पहिले भारतका गल्लीगल्लीमा घुम्ती व्यापारमा निस्कने ती युवा अहिले गाउँमै सामूहिक जडिबुटी खेतीलाई आम्दानीको स्रोत बनाइरहेका छन् ।

माझखर्क कृषि फर्म दर्ता गरेर अहिले चार हेक्टर जमीनमा जडिबुटी खेती गरिएकोे अर्का युवक नवीन बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “लोप हुँदै गएका अत्तिस, अक्करकाँडा, सुमयो, सतुवा, गन्नइनो, पाँचऔँले, पदमचाल, बायाँजडीलगायत गरी २६ प्रजातिका जडिबुटी फर्ममा लगाएका छौँ । सबैभन्दा बढी अत्तिसको बीउ माग भएको छ । पहिले नुन, तेल र खाद्यान्न कसरी जोहो गर्ने भन्ने पिरलो हुन्थ्यो, अहिले आम्दानीको स्रोत कसरी बढाउने भन्नेमै ध्यानकेन्द्रित हुने गरेको छ । ”

जुम्ला बहुमूल्य जडिबुटीको खानी भएकाले सो उद्योगको विकास गर्न सके मात्रै यहाँका नागरिकको जीवन सुधार हुने भएकाले यसमा ध्यान दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई युवाले आग्रह गरेका छन् ।

पहिले काला पहाडमा दिनभरि भारी बोक्दा मुश्किलले दैनिक रु ५०० कमाइ गर्ने युवाले गाउँमै बसी जटिबुटी खेती गर्न थालेपछि खुशी छाएको स्थानीयवासी मुनबहादुर बुढाले बताउनुभयो । सो जडिबुटी फर्मका लागि गत आर्थिक वर्षमा सिँजा गाउँपालिकाले रु १० लाखमा भवन निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी, ४ कात्तिक । बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै

गोमा झार बुटीको विषयमा भन्नुपर्दा जस्तोसुकै सर्पले टोकेपनि यो औषधिले निको भएका अनेकौं घटना छन् त्यसमध्ये कै एउटा घटना म

नवलपरासी सुस्ता पूर्व, असोज ३० । जिल्ला आयुर्वेद संघ, नवलपरासी सुस्ता पूर्वले हिन्दू धर्मावलम्बीहरूको महान चाड बडादशैंको अवसरमा शुभकामना आदान-प्रदान

काठमाडौँ, २७ असोज । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न