१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ हाँस्नुका फाइदाहरु


laughing

स्वस्थकर जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै हुन्छ । हाँसेर जिन्दगी जिउन पाउने भाग्यमानीहरू कमै हुन्छन् । किनकी यो दुनियामा एउटा न एउटा दु:ख नहुने मानिस को होला र ? तर साधै दु:खी बनेर पनि त भएन । हाँस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ भन्ने वैज्ञानिक तथ्यलाई समेत कदर गर्दै आएको छ । एक अध्ययनले भने मानिस औषतमा एक दिनमा १५ पटक हाँसेर देखाएको छ । हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । यो हामीलाई थाहाँ छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ । कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन । वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ ।

हाँस्नुका फाइदाहरु

  • रक्त प्रवाह- खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ ।
  • प्रतिरक्षा प्रणाली बलियो- हाँस्दा हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।
  • अनिन्द्राको औषधी- यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ ।
  • मुटुलाई फाइदा- हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ । साथै नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।
  • जवान र सुन्दर देखिने- जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ । यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाहुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।
  • तनाव हटाउने- तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।
  • शरीरमा ताजा हावा- जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

यसकारण हाच्छिउँ रोक्नु हुँदैन, क्षतिबाट बच्न के गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !