२० बैशाख २०८१, बिहिबार

मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय


Cough1

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन् ।

लक्षण

  • ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
  • टाउको दुख्ने
  • घाँटी दुख्ने
  • रुघाखोकी लाग्ने
  • श्वास फेर्न गाह्रो हुने
  • बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपाय

  • खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं ।
  • साबुन पानीले मिची मिची हात धुने गरौं ।
  • पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं ।
  • ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं ।
  • आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं ।
  • ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं ।
  • शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं ।
  • आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं ।
  • सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने ।
  • अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं ।
  • नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !