२० बैशाख २०८१, बिहिबार

यसकारण हाच्छिउँ रोक्नु हुँदैन, क्षतिबाट बच्न के गर्ने ?


health

हाच्छिउँ रोक्ने प्रयास तपाईको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ । इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए ।

साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन्- जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईको कानमा असर पर्न सक्छ । यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ ।

३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको बताएका छन् । त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भयो । खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो । जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो ।

क्षतिबाट बच्न के गर्ने ?

  • ती युवकको एक्स-रे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो ।
  • घाँटीमा सुधार नआउन्जेल ती व्यक्तिले एक सातासम्म नलीको सहयोगबाट खाना खानुपर्योन । अस्पतालमा एक हप्ता बसेर पूर्णरुपमा निको भएपछि उनलाई घर पठाइयो ।
  • उनको उपचार भएको ठाउँ लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका डाक्टरले बताए, ‘नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ ।’
  • विशेषज्ञहरुले बताए अनुसार हाच्छिउँबाट रोगहरु फैलिन सक्छ, तर कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ ।
  • सर्वत्र फ्लु फैलिएको बेला पब्लिक हेल्थ इंग्ल्यान्डले खोक्दा वा हाच्छिउँ गर्दा सबैले रूमाल वा कपडाले मुख ढाक्नुपर्छ भनेर प्रोत्साहित गरिएको थियो ।- बिबिसी

यो पनि पढ्नुहोस्

एक्लोपनबाट स्वास्थ्यमा पर्ने खतरा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !