१२ पुस २०८१, शुक्रबार

दम र खोकीको समस्या कम गर्ने उपयोगी औषधि असुरो


असुरो

खोकी र दम एउटा रोगका दुईवटा पाटा हुन भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ । विषेशज्ञहरूको रायमा यी दुबै फरक-फरक हुन भन्ने गरेको पाइन्छ । तापनि दमबाट पीडितहरूलाई सामान्य रूपमा सास फेर्न असजिलो हुनाले विरामीहरुलाई प्रायः धेरै खोकी लागिरहन्छ ।

स्थायी खोकी कहिले काँही दमको एउटा लक्षण हुन सक्छ । खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्य क्रिया हो । यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरसका कारणले हुन्छ ।

यदि निरन्तर लामो समयसम्म खोकी लागिरहने गरेको छ भनेचाहिँ यो फोक्सोमा हुने समस्याको संकेत पनि हो । दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ । दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ ।

लक्षणको रूपमा छातीबाट प्रायः घ्यार-घ्यारको आवाज निस्कन्छ । दममा फोक्सोमा भएको हावाको नली धेरै संवेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणले गर्दा थुप्रै प्रतिक्रिया देखाउन सक्छ । आजको लेखमा हामीले सजिलो औषधि परम्परा चिकित्सामा आधारित असुरोलाई ल्याएका छौं ।

औषधि बनाउने तरिका

१. असुरोको ४/५ वटा पात ल्याउनुहोस् र सफासंग धुनुहोस् र धोइसकेपछि त्यसलाई पानीमा पकाउनुहोस् । पाके र केही पानी सुकेपछि उतारेर सेलाउनुहोस् २/३ चम्चा औषधि पानीमा एक चम्चा मह राखेर दिनमा २ पटक खान दिनुहोस् खोकी दम कम हुन्छ ।

२. उपरोक्त विधि अनुसार पकाएको असुरोको काढा को बाफ साँझ विहान लिने गर्नुहोस् यसले कफ पगाल्नुको साथै दम, रूघा सवै निको बनाउँदछ ।

यो पनि पढ्नुहोस्

मानव स्वास्थ्यको लागि ठूलो औषधि असुरोका फाइदाहरु

परम्परादेखि चलिआएको जडिबुटी असुरोलाई एकपटक चलाएर हेरौं

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

जडिबुटीको राजा असुरोको काढा र कोरोनाको उपचार

जडिबुटी असुरोको काढा र कोरोनाको उपचार

कोरोनाको उपचारमा अधिक प्रयोग देखिएको जडिबुटीको राजा असुरो

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !