, परम्परादेखि चलिआएको जडिबुटी असुरोलाई एकपटक चलाएर हेरौं

परम्परादेखि चलिआएको जडिबुटी असुरोलाई एकपटक चलाएर हेरौं

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

परम्परा चिकित्सामा आधारित औषधि असुरो एकपटक प्रयोग गरेर हेरौं । यसको वैज्ञानिक आधार भनेको परम्परादेखि प्रयोग हुदै आएको डाबर र वैद्यनाथ कम्पनीले समेत औषधि बनाएर पठाएको छ यो औषधि ताजा जडिबुटी बनाएर सेवन गर्न सके राम्रो फाइदा हुन सक्ने भनेको छ ।

नोबेल कोरोना भाइरस कोवेड १९ आजभन्दा सन् २००३ मा देखिएको सार्सको रूपमा देखिएको थियो । अहिले कोवेड १९ को परिवर्तित रूपमा देखिएको छ । सार्स हराएर गयो । यो पनि सहि उपचार भएमा हराएर जान्छ । चिन्ता नलिनुस । सफाईमा रहनुस माक्सको प्रयोग गर्नुस धेरै भिडभाडमा नजानुस केहि हुदैन ।

असुरो पूर्खादेखि रूघा, खोकी, ज्वरो र दमको रोगमा समेत यो जडिबुटी चलाउदै आएको भनिरहनु पर्ला जस्तो मलाई लाग्दैन । नोबेल कोरोनासंग मेल खाने यो औषधि हरेकले खान सके कौडीको मुल्यमा सन्चो हुने देखिन्छ । यो औषधि हेर्दा सामान्य छ तर यसको फाइदा ठूलो छ ।

आज नेपाली हरेक कुरामा वैज्ञानिक आधारको रूपमा चल्ने गरेका छन् यो धेरै राम्रो विचार हो तर जुन पदार्थ कोहि कसैले प्रयोग गरेको छैन, जसको प्रयोग गर्दा मानव क्षति हुने अंगभंग हुने या मान्छे नै मर्न सक्ने भएमा त्यस्तो कुरामा सचेत हुन आवश्यक छ । विना वैज्ञानिक आधारमा त्यस्ता औषधि प्रयोग गर्नुहुदैन ।

हाम्रो देशमा उत्पादन हुने जडिबुटीलाई वैज्ञानिक आधार होइन उत्पादनको खाँचो छ । प्रयोग भइसकेका जडिबुटीलाई प्रयोग गरेर हेर्न सके ठोस उपलब्धि हुन सक्ने देखिन्छ । रोगको लक्षणको आधारमा यस्ता जडिबुटी प्रयोग गर्न सके ठूलो धनराशी बाहिर जानबाट रोकिन सक्छ ।

औषधि खाने र बनाउने तरिका

१. असुरोको पात ल्याउनुहोस् र थोरै अदुवा राखेर मन्द अग्निमा पकाउनुस् पाकी सकेपछि उतार्नुहोस र २,३ चमच दिनमा ३ पटक १ चमच मह राखेर खानु होस् सवै समस्या हल हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।