५ जेष्ठ २०८१, शनिबार

जडिबुटी असुरोको काढा र कोरोनाको उपचार


असुरोको काढा

जडिबुटी असुरोको काढा र कोरोनाको उपचार । Healing Power and Curative Properties The leaves, roots and the flowers are extensively used in indigenous medicine as a remedy for cold, cough, bronchitis and asthma.

नोबेल कोरोनाको रोगमा प्रतिरक्षा प्राणाली र इम्युनिटि सिस्टमलाई सुरक्षित गर्ने खालका हर्वल जडिबुटी र आयुर्वेदिक औषधि लक्षण अनुसार दिन सके यो रोग नजीक आउन उसको सातो जान्छ । असुरो जडिबुटी काढा नियमित सेवन गराउन सके यो रोग निको हुन्छ ।

औषधि काढा बनाउने तरिका यस्तो छ

१. असुरो,अदुवा र पानी आवश्यक अनुसार लिने जस्तै ४ वटा असुरोको पात थोरै अदुवा थिचेर एक माना जति पानीमा राख्ने र पकाउने पकाएको काढा २ चमचमा १ चमच महराखेर दिनमा २,३ पटक खान दिने ।

काढा खानुका फाइदाहरु

यो काढाको सेवन गर्नाले इम्युनो सिस्टम डेव्लप हुनुको साथै दम, खोकी, रूघा र ज्वरो यो औषधि ले निको बनाउछ । यो औषधिले मुटु र व्लड सुगरलाई समेत नर्मल बनाउन राम्रो भुमिका खेल्दछ ।

यो रोगबाट कसरी बचाउन सकिन्छ

बासि सडे गलेका खाना नखाने, हात सावुन पानीले मिचि मिचि धुने सेनिटाइजर प्रयोग गर्ने । औषधि होस् या अन्य सामान खरिद गर्न आउनेलाई मास्क र हेण्ड ग्लोब्स नलायको भए लगाउन भन्ने सामाजिक दुरी कायम राखेर सामान किन्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार, नेपालपत्रको सल्लाहकार तथा स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !