२२ बैशाख २०८१, शनिबार

कोरोनाको उपचारमा अधिक प्रयोग देखिएको जडिबुटीको राजा असुरो


असुरोको पात

आयुस विभाग भारत सरकारको एक सुचना अनुसार बढ्दो कोरोना भाइरस (कोभिड-१९) को उपचारमा जडिबुटीको प्रयोग बढी भएको बताएका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा पहिले र अहिले हेर्दा जडिबुटीको प्रयोग बढी हुने गरेको पाइएको छ । गाउँ-गाउँमा जडिबुटी संकलन गर्नेहरूको संख्या आयदिन बढेको हामी देख्न सक्छौं ।

मानव स्वास्थ्यमा जडिबुटीको प्रयोगले राम्रो फाइदा भएको देख्न सकिनेछ । आजको लेखमा यस्ता रोगमा कस्ता जडिबुटी बढी उपयोगी हुनसक्छ भन्ने जानकारी सबैलाई हुन आवश्यक छ । हामीले विगत लामो समयदेखि यस्ता कुरामा बढी प्रकाश पार्दै आएका छौं ।

नेपालमा सवैभन्दा बढि प्रयोगमा आएको जडिबुटीमध्ये गीलोय र असुरो सुरक्षित भएको पाइएको छ । यस्ता जडिबुटी प्रयोग गरेर नयाँ तथा पुराना भाइरस हटाउन सफल भएको अनुभव प्राप्त भएका छन् । रूघा लाग्दा होस् या ज्वरो आउदा होस् या दम बढ्दा होस् यस्ता जडिबुटी प्रयोग गरेर लाभ उठाउन सकिने भएको छ ।

हामीले यस्ता विषयमा विषेश ध्यान दिन आवश्यक छ । रोग लाग्नुपूर्व गरिने उपचार भनेको सवै भन्दा उत्तम मानिन्छ । नोबेल कोरोनाबारे जडिबुटीबाट कसरी उपचार गर्न सम्मभव छ भन्ने जनचेतना बढाउने उद्धेश्यले लेखेको लेख “कोरोना भाइरसको उपचारमा समेत उपयोग हुन सक्ने असुरोको बारेमा रोचक जानकारी”भन्ने लेख अत्याधिक सेयर भएको थियो ।

हाम्रो बारेमा यस्ता बहुउपयोगी औषधि त्यसै खेर गइरहेको छ । यदि हामीले यस्ता जडिबुटी उपयोग गरेर ठूलो धनराशी बाहिर जानबाट समेत बचाउन सकिने भएको छ । यस्ता विषयमा सबैको ध्यान जान आवश्यक छ । परम्परा चिकित्सामा आधारित जडिबुटीबाट उपचार गर्दा सस्तो सुलभ र जहाँ पनि पाइने जडिबुटी हाम्रो लागी बरदान सावित भएको छ ।

असुरोलाई जडिबुटीको राजा मान्ने गरेको छ । यो खासै विषादी भित्र पर्दैन । यसलाई बनाएर खान सजिलो छ । फुल्नु भन्दा अगावै यसको पात प्रयोगमा ल्याउन सके बढी फाइदा हुने कुरा अनुभुत योगमा लेखिएको छ । असुरोको प्रयोग भाइरसजन्य रोगमा आँखा चिम्म गरेर प्रयोग गर्न सकिन्छ ।

रूघा लाग्दा दम बढ्दा मुखबाट रगत बग्दा खोकी लाग्दा यसको प्रयोग बाट राम्रो फाइदा उठाउन सकिन्छ । यस्ता जडिबुटी हाम्रो बारमा त्यसै खेर गइरहेको छ । असुराका विविध नामहरू छन् ( English : Malabar nut, adulsa, adhatoda, vasa, or vasaka) बहुऔषधीय गुण भएको बुट्यान वर्गमा पर्ने जडिबुटी वनस्पति हो ।

असुरोको पातबाट थुप्रै औषधि निर्माण हुने गरेको पाइन्छ । बर्षेनी लाखौं करोडौं रूपया हामीले असुरोबाट बनेका औषधि खरिदमा खर्च गर्ने गरेका हुन्छौं । नेपाली भु-भागमा पाइने असुरो जडिबुटी सवैभन्दा उत्तम मानिएको छ ।

नोबेल कोरोनाको रोगमा समेत उपयोग हुन सक्ने जडिबुटी त्यसै खेर गएको हामी देख्न सक्छौं । विगत लामो समयदेखि हामीले यस्ता जडिबुटीबारे प्रकाश पार्दै आएका छौं । यसपालि नोबेल कोरोनामा यसको प्रयोग लाखौंले गरेको जानकारी हामीले पाएका छौं ।

असुरो हेर्दा सामान्य भएतापनि औषधिए गुण धेरै हुने हुनाले यसको प्रयोग हुन सकि रहेको छैन । आजको लेखमा हामीले यसका फाइदाबारे प्रकाश पार्नेछौं । नेपालमा फेरि नयाँ नयाँ भाइरसको आगमन भइरहेको बेला असुरोको प्रयोग गरेर आफ्नो परिवारलाई सुरक्षित पार्न सकिनेछ ।

असुरोको प्रयोगबाट फाइदा हुन सक्ने रोगको बारेमा हामीले अघि भनी सकेकाछौं । यो औषधि तितो हुने हुनाले यसको काढालाई महमा मिलाएर खानु उपयुक्त हुने देखिएको छ । यो औषधि बच्चा बुढा बालक सबैले खान सकिने छ ।

यो औषधिको मात्रा बढीमा २ देखि ३ चमच सम्म खान सकिन्छ । लामो समयसम्म खादा पनि यसले खासै असर गर्दैन । तर प्रेशर लो भएकाहरूले वैद्यको परामर्श लिएर मात्र खाने गर्दा हुन्छ । यो औषधि बनाउदा सकेसम्म नरम पात फुल्ने बेलाको धेरै राम्रो हुने देखिन्छ । यो पौष्टिक पनि हुने हुनाले खासै कमजोर गर्दैन ।

असुराको औषधि बनाउने तरिका

१. असुराको पात ४-५ वटा ल्याउने र एक गिलास पानीमा पकाउने खोकी रूघाका बिरामीलाई दिनुपर्ने भए अदुवा थोरै राखेर पकाउने र कपड छान गरी राख्ने यो औषधि बढीमा ३ दिन सम्म काम गर्ने हुन्छ ।

खाने तरिका

१. १ देखि २ चमच औषधि एक चमच महमा राखेर सेवन गर्ने । स-सानाको हकमा उमेर अनुसार ठूलो मान्छेको डोज भन्दा आधा मात्रामा दिन सकिने छ । यो औषधि त्यसै पनि सेवन गर्न सकिन्छ ।

असुरोका अन्य फाइदाहरु

१. असुरोको पातको काढा बनाउने तरिका माथि दिइएको छ । पकाएको काढामा मह मिलाएर चाट्नाले पुरानो खोकी तथा श्वास सम्बन्धी समस्यामा राम्रो फाइदा गर्दछ ।

२. १ चम्चा असुरोको पातको रसमा, १ चम्चा अदुवाको रस १ चम्चा मह मिसाएर खाँदा सबै खालका खोकी तथा रूघा, दमको समस्यामा आराम हुन्छ ।

३. असुरो, बेसार, धनियाँ, पीपल र सुठोको काँडा (क्वाथ) मा १ ग्राम मरीचको धूलो हालेर दिनमा ३ पटक पिउँदा सबै खालका श्वास तथा दमका रोगीलाई राम्रो फाइदा गर्दछ ।

४. असुरोको पातको रस र अदुवाको रस मिसाएर पकाउने र सेलाएपछि थोरै मह मिलाएर दिनमा तीन पटक एक-एक चमच चाट्नाले रूघाखोकी र दम श्वाससम्बन्धी समस्यामा फाइदा हुन्छ ।

५. छायाँमा सुकाइएको असुरोको पातको चियामा ल्वाङ सुकमेल र मरिच राखेर खाँदा टाउको दुखाइ लगायत अन्य समस्यामा पनि लाभ मिल्छ ।

नोट : कुनै पनि बस्तुलाई अत्यधिक प्रयोग गर्छौं भने हानी हुनसक्छ । जडिबुटी सम्बन्धि अनुभवी व्यक्तिको रेखदेखमा यसको प्रयोग गरेमा चमत्कारिक फाइदा उठाउन सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !