१९ बैशाख २०८१, बुधबार

बुढो भएपनि युवा जस्तो देखिन पालना गर्नुपर्ने प्रकृतिको नियमहरु


बुढो भएपनि युवा जस्तो देखिन

भन्ने गरिन्छ – तन बुढो भएपनि मन काँ बुढो हुन्छ र ! हो उमेरमा आफू बुढो भएपनि सोचाई र मानसिकता भने यूवा हुन जरुरी छ । तर उमेरले बुढो भएपनि युवा जस्तो देखिन केही प्रकृतिको नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

त्यस्ता के नियम हुन जसले मान्छे बुढो हुनबाट समेत रोक्ने छ । आउनुहोस् आज यस्ता नियमको पालन गरेर आयुलाई स्तरमा राखौं । बुढो हुनबाट समेत यस्ता नियमले रोक्न सक्ने भनेको छ । तल १२ प्रकारका नियमहरू लेखेका छौं । हरेक नियमको व्याख्या पनि गरेका छौं ।

उमेरले बुढो भएपनि युवा जस्तो देखिन पालना गर्नुपर्ने प्रकृतिको नियमहरु

१. मानसिक चिन्तालाई त्याग्नु

नियम नम्बर १ मा मानसिक चिन्तालाई त्याग्नु सबैभन्दा ठूलो उपलब्धि हो । यदि हामी चिन्तामा डुब्छौ भने समयमा निन्द्रा नलाग्ने हुन्छ । यसले पनि मान्छेलाई चाँडो बुढो हुनबाट रोक्न सक्दैन ।

२. काम बासना त्याग्नु

नियम नम्बर २ मा काम बासना त्याग्नुहोस् । यसले पनि आयुलाई कमजोर बनाउने गर्दछ । प्रकृतिको नियम अनुसार हप्तामा १ या दुईपटक भन्दा बढिले पनि बुढो बनाउने हुन्छ ।

३. खाना कमसेकम थोरै खाने

नियम नम्बर ३ मा खाना कमसेकम थोरै खानुहोस् किनकी चाँडो पाचन हुनाले स्वास्थ्यमा राम्रो फाइदा गर्ने हुन्छ । धेरै खाना खाँदा चाँडो नपच्ने हुनाले विविध समस्या आइलाग्ने हुन्छ । अपचका कारण पेट फुल्नु, पेट दुख्नु जस्ता समस्या निम्तने हुनाले औषधि सेवन गर्नुपर्ने हुन सक्छ ।

४. खानाको तुरुन्त पानी नपिउनु

नियम नम्बर ४ मा खानाको तुरुन्त पानी नपिउनु । पिएमा पाचनतन्त्रमा असर हुनाले खाएको खाना नपच्ने जस्ता समस्या निम्ताउन सक्छ । पाचन हुन अग्निको आवश्यक हुन्छ । पानीले पेटको अग्नि शान्त पार्ने हुनाले पाचन रोकिनाले पनि पेटको रोग निस्कने हुन जानाले मान्छे रोगको दलदलमा फस्दै जान थाल्नेछ ।

५. हप्तामा एक पटक उपास वस्नु

नियम नम्बर ५ मा हप्तामा एकपटक अनिवार्य उपासना गर्नुपर्दछ । यसले पनि पेटको समस्या हल हुन्छ । हप्तामा खाएको अन्न पच्न यसले मद्दत गर्दछ ।पहिले उपास बस्नेहरू भन्दा उपास नबस्ने रोगको चपेटामा बढी हुने गरेको हामी देख्न सकिन्छ ।

६. योगा गर्नु

नियम नम्बर ६ मा योगा गर्नु भनेको छ । योगद्वारा पनि पाचनतन्त्रमा राम्रो प्रभाव हुने हुँदा विविध रोग लाग्नबाट बचाउँन सक्छ । पाचनतन्त्रमा प्रभाव पर्नाले शुद्ध रगत बन्न थाल्छ र मुटुको समस्या, फोक्सोको समस्या ठिक हुन गई हार्ट अटेक जस्ता समस्या हल हुन थाल्ने छ ।

७. समयमा सुत्नु

नियम नम्बर ७ मा भनिएको छ चाँडो सुत्ने र चाँडो उठ्ने । स्वस्थ रहन समयको महत्व ठूलो हुन्छ । सहि समयमा सुत्नाले मनलाई बिचलित हुनबाट रोक्दछ । यसका लागि प्राकृतिक नियमलाई पालना गर्नुपर्छ । राती ८ बजे सुत्नु विहान ४/५ बचे उठ्नु स्वास्थ्यका लागि महत्वपूर्ण छ ।

८. ब्रह्म मुहूर्तमा उठ्नु

नियम नम्बर ८ ब्रह्म मुहूर्तमा उठ्नाले निन्द्रा पुगेको हुन्छ । मान्छे स्वस्थ रहन ८ घण्टाभन्दा बढी सुत्नु हुदैन । यसले पनि आयुलाई स्तर राख्न मद्दत गर्नेछ ।

९. खाना खानुको तुरुन्त नसुत्नु

नियम नम्बर ९ मा खाना साथ तुरुन्त नसुत्ने । यसले पनि स्वास्थ्यमा राम्रो प्रभाव पार्ने गरेको हुन्छ । खाने बित्तिकै तुरुन्त सुत्नाले पनि पावनतन्त्रमा प्रभाव पार्ने गरेको हुन्छ । स्वस्थ रहन प्रकृतिको नियमलाई पालना गर्नु पर्दछ ।

१०. बाहिरको खाना सकेसम्म नखानु

नियम नम्बर १० मा बाहिरको खाना सकेसम्म नखानुहोस् । यसले पनि स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । बाहिरको खानामा रासायनिक मिश्रण गरेको हुन सक्छ । ग्यास्ट्रिक अल्सर जस्ता रोग निम्त्याउने खतरा बढाउन सक्छ ।

११. औषधि सकेसम्म जडिबुटी र आयुर्वेद नै प्रयोग गर्नु

नियम नम्बर ११ मा प्रकृतिको नियमलाई पालना गर्दै औषधि सेवन हमेसा जडिबुटी र आयुर्वेद नै प्रयोग गर्नाले लत वा बानी नबस्ने हुन्छ । एलोपेथिक औषधि सेवन गर्दा लत बस्ने हुनाले एकपछि अर्को औषधि सेवन गरिरहनुपर्छ ।

१२. हिड्नु

नियम नम्बर १२ मा हिँड्नु पनि स्वास्थ्यका लागि महत्वपूर्ण व्यायाम हो । दैनिक ३० मिनट हिड्डुल गर्दा खाएको खाना चाँडो पच्ने हुनाले रोग लाग्नबाट यसले रोक्न सक्छ । चाँडो भोक लाग्ने हुन्छ । ब्लडप्रेसर ब्लड सुगर जस्ता रोगमा समेत फाइदा गर्ने गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

के जन्त्र बाँधेर पनि रोग निको हुन सक्छ ?

यो हो बुढोलाई समेत जवान बनाउने औषधि, थाहा पाइराख्नुहोस्

चाँडै बुढो नहुन खाना कम गर्ने कि ?

यी ६ काम गर्नाले तपाई छिटै बुढो भइन्छ

यस्ता छन् सधैं जवान देखिन खानुपर्ने खानाहरु

यो हो बुढोलाई समेत जवान बनाउने औषधि, थाहा पाइराख्नुहोस्

जसले प्रकृतिको नियम पालना गर्छ ऊ निरोगी रहन्छ

कुन ऋतुमा के खाने, के नखाने भन्नेबारे जानी राखौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !