१९ बैशाख २०८१, बुधबार

यस्ता छन् सधैं जवान देखिन खानुपर्ने खानाहरु


सधैं जवान देखिन खानुपर्ने खानाहरु

नवलपुर । उमेर ढल्किँदै गर्दा भर्खरको हुने रहर सवैलाई हुनु स्वाभाविक हो । भरखरको हुनलाई व्युटिपार्लर जानुपर्ने हुदैन । यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सधै युवा जस्तो बनिरहन हाम्रो शरीरलाई दुइ तत्वको खाँचो बढी हुने गर्दछ । त्यस्ता तत्वहरु हुन कोलेजन र इलास्टिन यस्ता तत्त्व अरू केही नभएर प्रोटिन नै हुन् । जसको कमीले समयभन्दा पहिले बुढो हुने गरेको छ ।

हामीलाई चाहिने आवश्यक तत्वहरु कोलेजन र इलास्टिन हामीले खाने खानेकुराबाट प्राप्त गर्न सक्ने छौं । कस्ता खाना खानाले हामीले यस्ता तत्व प्राप्त गर्न सक्छौं भन्ने जानकारी हरेकलाई हुन आवश्यक छ ।

भिटामिन ‘सी’

भिटामिन ‘सी’ को कमिले छाला चाउरी पर्ने जस्ता समस्या देखिन सक्छ । शरिरलाई हेल्दी र जवान राख्न हाम्रो खानामा भिटामिनको आवश्यक हुन्छ । हामीले भिटामिन सी सुन्तला, नीबूवा, अमला जस्ता फलफूल अधिक मात्रामा सेवन गर्ने गरौं । यस्तामा बढी भिटामिन सी प्राप्त गर्न सकिने छ ।

भिटामिन ‘सी’ मा कोलेजन अणु एक-अर्कासंग जोड्ने र कोलेजन जीनलाई उत्तेजित गर्न आवश्यक हुने गरेको हुन्छ । यसले छालालाई समेत चम्किलो बनाउन मद्दत गरेको हुन्छ ।

भिटामिन ‘ई’

भिटामिन ‘ई’ को सेवनले शरीरमा कोलोजन उत्पादन गर्ने काम गर्दछ । भिटामिन ‘ई’ पाइने तत्व नट्स, पालक, अलिभ आयल, सनफ्लावर, आयलको सेवन सबैभन्दा बढी गर्ने गर्नुपर्छ ।

भिटामिन ‘बी’

भिटामिन ‘बी’ सवै मिलाएर ८ प्रकारका हुन्छन् । थायामिन (Thiamine), राइबोफ्लेविन (Riboflavin), नियासिन (Niacin), पैंटोटेनीक एसिड (Pantothenic Acid), भिटामिन बी 6 (Vitamin b6), बायोटिन (Biotin), फोलिक एसिड (Folic acid) र भिटामिन बी 12 (Vitamin B12) यी सबै भिटामिन ‘बी’ का हिस्सा हुन् ।

जसले हाम्रो शरीरलाई चाहिने आवश्यक कोलेजन उत्पादनमा मद्दत गर्दछन् । अनुसन्धानद्वारा पता लागेको छ कि भिटामिन बी2 र भिटामिन बी6 को कमी हुनजान्छ त्यस्ता व्यक्तिको छालामा कोलेजनको निर्माण धेरै कम हुने गरेकोले गर्दा मानिस समयभन्दा पहिले बुढो देखिने हुन्छ ।

यदि यसको नहोस् भन्न चाहनुहुन्छ भने आफ्नो भोजनमा भिटामिन ‘बी’ ले भरपूर खाना बिन्स, मटर, राजमा सूकेका अन्न, हरियो सागसब्जी र पत्तागोभी-बन्दागोभी भान्सामा प्रमुखताका साथ प्रयोग गरौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !