१३ कार्तिक २०८३, शुक्रबार

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना


समस्या समाधान

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् ।आज शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।

उनले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका बताउँदै सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेकोले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका हुन् ।

प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !