१३ कार्तिक २०८३, शुक्रबार

सञ्चारकर्मीमाथिको धरपकड निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्ति : एमाले


नेपाल कम्युनिष्ट पार्टी (एमाले)

काठमाडौं । नेकपा (एमाले) ले सञ्चारकर्मीहरूमाथिको धरपकड निन्दनीय कार्य भएको बताएको छ । आज शुक्रबार सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमबाट पत्रकारहरूलाई नियन्त्रणमा लिएको र लिने प्रयास गरेको सन्दर्भमा एमालेले यस्तो जनाएको हो ।

एमालेले सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने कार्य अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक भएको बताएको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको एमालेले जनाएको छ । स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको एमालेले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !