१९ बैशाख २०८१, बुधबार

के जन्त्र बाँधेर पनि रोग निको हुन सक्छ ?


जन्त्र

जन्त्र हिन्दीमा ताबीज बाँधेर पनि रोग निको हुन सक्छ भन्ने जिज्ञाषा जाग्नु स्वभाविक हो । परम्परागत चिकित्सामा यो विधिबाट उपचार गर्ने पद्दति थियो २१ औं शताब्दीमा आएर यो विधि कमजोर हुँदै गएको छ ।

यो विधिलाई अन्धविश्वास भन्दै गर्दा लोपोन्मुख हुन पुगेतापनि अझ पनि गाउँघरमा बाँध्ने गरेको हामी देख्न सक्छौं । हजुर आमा भन्नुहुन्छ भन्ने लेखमा यस विषयमा चर्चा परिचर्चा गरेको पाइन्छ तर यो लेख पनि अहिले ओझेलमा परेको छ ।

आजको लेखमा मैले यसै विषयमा प्रकाश पार्ने जमर्को गर्ने छु । यो लेख अन्धविश्वासमा नभएर हरेक पल्ट प्रयोग कर्ताहरूको अनुभवलाई जस्ताको तस्तै दिने प्रयास गरेको छु ।

हरेक कुराको पछि विश्वासको कडी ठूलो हुन्छ । जहाँ विश्वास त्यहाँ फल भन्ने मान्यता छ । कतिपय घरहरूमा यो विधिबाट उपचार गरेर लाभ भएका घटना छन् तर यो लेख लामो हुने हुनाले यसमा समावेश नगरेर उपचारबारे प्रकाश पार्ने जमर्को गरेका छौं ।

आजकाल हरेक घरमा साना-साना बच्चाहरूमा जुका चुर्णा पर्ने र पटक-पटक पटक औषधि दिदा समेत ठिक नहुने समस्या देखिने गरेका घटना हामी देख्न सक्छौं । यस्तो समस्याका कारण बच्चालाई अरूचि रक्तअल्पता जस्ता समस्या भएका घटना देख्न सकिन्छ ।

क. बच्चालाई जुका चुर्णाबाट यसरी बचाउन सकिन्छ

१. बुधबार भोजपत्र ल्याउनुहोस् र भोजपत्रमा निम्न यन्त्र हलेदोको साहेताबाट बनाउनुहोस् र तामाको ताबीजमा भर्नुहोस् र पहेंलो धागोमा बाँधेर गलामा बाँधी दिनुहोस् क्रमश: यो समस्या समाप्त हुनेछ ।

ख. बच्चाको दाँत निक्लेको छ र पटक-पटक दाँत चपाउने गर्छ भने यो उपाय गर्नुहोस् ठिक हुनेछ ।

२. सोमबारको दिन रातो डोरामा रूद्राक्ष बाँधेर गलामा बाँधी दिनुहोस् यो समस्या हल हुनेछ ।

ग. तपाईको बच्चा ठूलो भइसकेको छ । एक्लै सुत्न डराउँछ भने यो विधि अपनाउनुस ठिक हुन्छ ।

३. मंगलबार बिरालाको भुत्ला तामाको ताबीजमा भरेर गलामा बाँधी दिनुहोस् क्रमश: यो समस्या हटेर जानेछ ।

उपरोक्त यन्त्र १ नम्बरको हो चारै दिशाबाट हेर्दा १५ को अंक आउने यन्त्र बनाउँदा हुन्छ उस्तै ।

जन्त्र

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !