२२ बैशाख २०८१, शनिबार

ज्येष्ठ नागरिक अस्पताल खोल्ने सरकारको निर्णय


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सरकारले जेष्ठ नागरिक अस्पताल खोल्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकले जेष्ठ नागरिक अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाएपछि अस्पताल निर्माण प्रक्रिया अगाडि जाने उनले बताए ।

मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्ने लगायत प्राविधिक कामहरु शुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्नेसमेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !