१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन्, खिर खानुका फाइदाहरु


एजेन्सी, खिर दुध र चामल मिसायर बनाउने परिकार वा खाना हो । त्यतिमात्र नभईकन खिरमा अन्य चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने गरिन्छ । आ-आफ्नो चाहनानुसार बनाउने गरिन्छ । खिर प्राय विशेष दिनहरुमा खाने गरिन्छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको हो । यसवाट हाम्रो स्वास्थ्यमा पनि फाइदा हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !