१४ बैशाख २०८१, शुक्रबार

स्याउ खानुका फाइदाहरु यस्ता छन्, लाभ उठाउन नभुलौं


साथीहरू आज मैले स्याउको बारेमा हजुरहरूलाई राम्रो ज्ञान दिने जमर्को गर्दैछु । स्वास्थ्यका दृष्टिकोणले स्याउ धेरै नै उपयोगी छ । तर हामीले स्याउ खान त्यति रूचाउदैनौं । यदि कसैले रक्सीको बोतल अघि सार्छ भने स्याउ भन्दा हात त्यो बोतलमा पक्का पुगेको हुन्छ ।

स्याउ (Apple) विश्वका मान्छेले सवैभन्दा बढी खाने गरेका छन् । स्याउ प्राय: जसो घरमा हुने गरेको हुन्छ । हामी पाउना बनेर कसै कहाँ पुग्दा एकाध किलो स्याउ लिएर जाने गरेका हुन्छौं । फाइबर, क्यालसियम र अन्य भिटामिन आइरन हुने हुनाले मानव शरीरमा यसको महत्त्व धेरै छ ।

यस्ता छन् स्याउका अन्य फाइदाहरू

१. स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोग प्रतिरोधी क्षमता समेत बढाउँछ । हरेक दिन एउटा स्याउ खाने गरेमा उपरोक्त फाइदा उठाउन सकिनेछ ।

२. नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोग जस्ता समस्या हुने सम्भावना हुँदैन । हामीले यस्ता विषयमा विषेश ध्यान दिन आवश्यक छ ।

३. हरेक दिन एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई ३० प्रतिशत सम्म रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ । नियमित स्याउ खाने बानी बसालौं ।

४. स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलेस्ट्रोललाई बाहिर फाल्ने काम गर्छ । यसरी पित्तथैलीमा हुने पत्थरीबाट बचाउन मद्दत गरेको हुन्छ ।

५. यौन चाहना कमजोर हुने महिलाले नियमित १४,१५ दिनसम्म स्याउको जुस पिउने गर्नु यसले रगत बढाउनुको साथै यौन चाहनामा समेत वृद्धि गर्दछ ।

६. मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन महत्वपूर्ण छ । दैनिक एउटा स्याउ खानाले राम्रो फाइदा हुने उल्लेख गरेको छ ।

७. स्याउ खाने तर कतिबेला यो हरेकले जान्न जरुरी छ । डाइट एक्सपर्ट डाक्टरहरूका अनुसार केहि नास्ता गरिसकेपछि स्याउ खानु उत्तम मानिएको छ । स्याउको बोक्रा फालेर खाने चलन छ ,यसले फाइदा होइन बेफाइदा गर्दछ ।

८. स्याउबारे लेखेको लेख हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला । हजुरको सानो कमेन्टले थप लेख पस्कन उर्जा मिल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !